• मंगलबार २-८-२०७५/Tuesday 05-22-2018
  • 09:49:08

पश्चिम इलाम : सम्पदा र सम्भावना

आफ्नो वरिपरि

भीर, पाखा र कान्ला भरी

थुम्का—थुम्का चिया र

झुम्का—झुम्का इलाइँची उमारेर

सन्तोषले एक्कासी सुस्मित उठेको झँै

हरियो भरियो इलामलाई देख्दा मलाई

नेपाल भरी अलि अलि इलाम छर्न मन लाग्यो ।


प्रसिद्ध कवि भूपी शेरचनले माथिका पङ्क्तिहरू लेख्दैगर्दा हरित नगरी इलामको हरियाली, इलामेको परिश्रम र मेहनत तथा यहाँका धार्मिक तथा साँस्कृितक विविधताले मोहित पारेको हुनु्पर्छ । चिया र अलैँचीको बुट्टाको महत्व उनले पक्कै बुझेको हुनुपर्छ । त्यसैले त उनले देशैभरी नै अलि–अलि इलाम छर्ने इच्छा ब्यक्त गरेको हुनुपर्छ ।


यस आलेखमा मुख्यतः यहि इलामलाई हरियो भरियो पार्ने पश्चिम इलामका धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरू, तिनको विकासका लागि चालिनु पर्ने आवश्यक कदमहरू र तिनीहरूले देश विकासमा पु¥याउने योगदानको विशेष चर्चा गरिएको छ । मुख्यतः यस क्षेत्रमा रहेको प्रमुख धार्मिक स्थल हाल माङ्सेबुङ गाउँपालिकामा पर्ने गजुरमुखी, पर्यटकिय स्थल हालको इलाम नगरपालिका ११ मा पर्ने सिद्धिथुम्का र पश्चिम क्षेत्रको सदरमुकाम भनेर चिनिने देउमाई नगरपालिकाको मङ्गलबारेको विशेष चर्चा गरिएको छ ।

देउमाई खोला र फेवा खोलाको दोभान नजिकैस्थित साविकको गजुरमुखी गाविसमै पर्ने गजुरमुखी धाम आदिमकालदेखि नै आफ्ना सन्ततिहरूलाई आर्शिवाद दिएर बसिरहेको जनविश्वास छ । साविक गजुरमुखी गाविस वडा नम्बर ५ तोभाङमा अवस्थित यो मन्दिरमा रहेका शिलाहरूलाई देवीको प्रतिमाको रुपमा पूजा गर्ने गरिन्छ । यो मन्दिर सबै जातजाति, वर्ण, भेषभुषाका मानिसहरूको लािग एकताको प्रतिक हो भत्रे कुरा यस मन्दिरको इतिहासले पुष्टि गर्छ । मन्दिर स्थापना गर्ने श्रेय पाएका बाजविर योङ्हाङ्गपछि यस मन्दिरमा लिम्बू जातिका पूजारीहरू हुने गरेकोमा आजकल भने लिम्बूइतर जातिका ।

यस मन्दिरको नामाकरण सम्बन्धमा विभित्र किम्बदन्तीहरू छन् । एक कथनअनुसार मन्दिर रहेको डाँडो गजुरजस्तो आकारको भएकोले यस मन्दिरलाई गजुरमुखी भनिएको हो । अर्को किम्बदन्तीअनुसार आदिम कालमा यस मन्दिरमा तीन कन्याहरू बस्ने गर्दथे । उनीहरू छिनछिनमा नै लोप हुने र देखा पर्ने गर्थे । उनीहरूको कपालको चुल्ठो गजुरको आकारमा भएको आधारमा यस मन्दिरलाई गजुरमुखी नामाकरण गरिएको हो ।

यस मन्दिरको उत्पत्तिबारे पनि विभित्र कथाहरू जोडिएको छन् । एक कथाअनुसार हाल गजुरमुखीमा बस्ने देवी कुनै समय देमाई नगरपालिकाका जीतपुर, मङ्गलबारे र साङ्रुम्बाको सिमानास्थित ढोलेदेवी मन्दिरमा बस्ने गरेकी भएता पनि त्यहाँ राम्रो सम्मान पाउन नसकेपछि गजुरमुखी सरेकि बताइन्छ । अर्को एक कथनअनुसार कुनै समयमा तोभाङको फेदीमा एउटा गुफामा एक अजिङ्गर बस्थ्यो । ग्वालाहरूले आफ्ना गाईबस्तु जोगाउन त्यस अजिङ्गरको पूजा गर्न थाले । कालान्तरमा त्यो गुफामा हेर्दा उनीहरूले एक कन्या देखे जो तुरुन्त लोप भईन् । स्थानीयबासीले ती कन्यालाई गजुरमुखी नामाकरण गरे र पूजा आराधना शुरु गरे ।

अर्को एक मिथकअनुसार लिम्बु समु्दायको एक बोल्न नसक्ने केटोलाई गाईबस्तु चराउँदै गर्दा एक अजिङ्गरले लखेट्यो । भाग्दै जाँदा उक्त केटो अजिङ्गरसँगै एक गुफामा पस्न पुग्यो । गुफामा पस्ने बित्तिकै उक्त अजिङ्गर एक कन्यामा परिणत भयो र केटोलाई पूजा आराधना गर्ने सल्लाह दियो र साथै सो केटोलाई बोल्नसक्ने बनाईदिने बाचा समेत ।
मिथक वा किम्बदन्ती जे भए पनि गजुरमुखीलाई बाक्यदायिनी र सन्तानदायिनी देवीको रुपमा पूजा गर्नेहरूको सङ्ख्या प्रसस्तै छ । साथसाथै चिताएको पुगोस् भत्रे चाहानाका साथ देशका बिभित्र ठाउँहरूबाट भक्तजनहरू आउने चलन बढिरहेकै छ ।

कार्तिक शुक्ल पूर्णीमाका दिन यस मन्दिर परिसरमा ठूलो मेला लाग्ने गर्दछ । मन्दिरमा पाठा, कुखुरा, हाँसलाई बली चढाउने चलन छ । पालाम गाउँदै नाँचेका धान नाँच, च्याब्रुङ्ग नाँचले सँस्कृति परम्पराको निरन्तरका साथसाथै आफ्नो अलग पहिचान स्थापना गरिरहेका छन् ।

इलामको पश्चिमी क्षेत्रकोसाविक सिद्धिथुम्का गाविसमा पर्ने सिद्धिथुम्का डाँडाको आफ्नै महत्व छ । समुद्रसतहदेखि करिब १७०० मिटरको उचाइमा अवस्थित यस डाँडाबाट सूर्योदय र सूर्यास्तका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्तमात्र नभएर यस स्थानबाट तराईका हराभरा फाँट, चुरे पर्वत श्रृङ्खला, पहाडी मनोरम स्थलहरू अनि हिमाली स्वर्ण चुचुराहरूकोसमेत आस्वाद लिन सकिने हुँदा इलामका उत्कृष्ट पर्यटकीय स्थल भएर पनि यातायातको असुविधा, प्रचारप्रसारको अभाव पर्यटकीय पूर्वाधार विकासको कमी, सरोकारवालाहरूको निष्कृयता र लागानीकर्ताहरूको ध्यान केन्द्रित नहुनुले यो क्षेत्र ओझेल परेको तीतो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । तसर्थ पर्यटकहरूको आकर्षक गन्तब्य वत्रे सम्भावना बोकेर झोक्रएर बस्न बिवश सिद्धिथुम्काप्रति हामी सबैको चासो बढ्नु भनेको इलामको पर्यटक प्रबद्र्घनमा आएको नव सोच र चिन्तन हुनेछ जसले सिद्धिथुम्कालाई उत्कृष्ट गन्तब्य स्थल र पर्यटकका लागि सहज पहँचको क्षेत्र बनाउन सक्नेछ । मात्र बाँकि छ पहँुचबालाहरूको सृजनात्मक दृष्टि र अठोट अनि हाम्रो साझा प्रतिबद्धता ।

साथसाथै सिद्धिथुम्का आसपासमा रहेका सिद्धदेवीको मन्दिर, शहिद रत्नकुमार वान्तवाले भूमिगत राजनैतिक जीवन बिताएको रत्न गुफा, अजम्बरे डाँडो आदि स्थलहरूलाई प्रचारप्रसार तथा संरक्षण गरिए पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्नेछ । सूर्योदय, सूर्यास्त लगायतका दृश्यावलोकनका लागि भ्यू टावर र वनभोज स्थल निर्माणका साथै आवश्यक पूर्वाधार विकास सिद्धिथुम्काको समग्र विकासका लागि प्रथम सर्त हुनुपर्छ । सिद्धिथुम्काको तल सोयाक ७ मा अवस्थित बालीकन्या देवीस्थान, खाटेढुङ्गा, गुर्थुम डाँडा, त्रिदाखु, रोते बगर, बेलासे, निर्फुक, माईखोलाको नागबेली दृष्य आदि प्राकृतिक टट्टाका साथै धार्मिक पर्यटकीय क्षेत्र अद्धितीय रहेका छन् ।

इलाम सदरमुकामबाट पाँच कोष पश्चिममा रहेको मङ्गलबारे बजार पश्चिमी इलामको प्रमुख ब्यापारिक केन्द्र हो । सूर्योदयको अवलोकन गर्न सकिने गुफाथुम्की डाँडाको काखमा रहेको सुन्दर मङ्गलबारे बजारमा विसं २०१६ साल तिर नै गाडी पुगेपनि हालसम्म नेपालटार र मङ्गलबारे सडक कालोपत्रे नहुनाले (भएको कालोपत्रे पनि एक बर्ष नपुग्दै उप्किएको) विशेष गरी वर्षायामको यात्रा जोखिमपूर्ण बत्रे गरेको छ । खुशीको कुरा गत बर्षदेखि मङ्गलबारे—काठमाण्डौ बस सेवा सञ्चालन शुरु भएको छ, आशा गरौं यसले निरन्तरता पाइरहनेछ ।

पश्चिमी गाविसमा उत्पादित नगदेवाली (अदुवा, अम्लिसो, अकबरे, आलु, ओलन) यसै बजारमार्फत सङ्कलन तथा बिक्री गरिन्छ । यो क्षेत्रमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक क्याम्पस भएता पनि एउटा कृषि शिक्षालयको स्थापना गरी अथवा मङ्गलबारेलाई कृषि केन्द्रको रूपमा विकसित गर्नसके पश्चिम इलामको आर्थिक तथा सामाजिक उत्रतिमा प्रत्यक्ष सहयोग पुग्नेछ । अर्को खुशीको कुरा, जीतपुर उच्च माद्यामिक विद्यालयमा केहि बर्षयता पशु प्राविधिक शिक्षा (भेटेरीनरी)का कक्षाहरू सञ्चालन भइरहेका छन्, आशा गरौंँ यसले पनि निरन्तरता पाइरहनेछ ।

देउमाई नगरपालिका र साङ्रुम्बाको सिमानामा रहेको पानीटार चिया बगान यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हो । धुसेनीको (हाल देउमाई नगरपालिका) नागेश्वरी देवीस्थल, एकतप्पाको रुपाटार जहाँ लोपोन्मुख अवस्थाको कुमाले जातिको बासस्थान छ, इलाम नगरपालिका १२ को साङ्रुम्बा, देउमाई नगरपालिकाको जीतपुर, मङ्गलबारेको सिमानामा रहेको ढोलेदेवी, देउमाई नपाकै जीतपुरको झ्याउँपोखरी, जडिबुटीको लागि प्रसिद्ध चमैताको कुइभिर, किराँत अनुयायीहरूको आश्थाको केन्द« माङ्सेबुङ, माङ्गमालुङ्ग आदि पश्चिमी क्षेत्रका महत्वपूर्ण भ्रमणस्थल हुन् । इलाम नपाको साँखेजुङ, देउमाई नपाको जीतपुरमा रहेका नीजिस्तरका चिया प्रशोधन कारखाना, बिभित्र स्थानमा रहेका चीज कारखाना, प्लाईउड कारखाना आदिको उचित ब्यबस्थापन गर्नसके समग्र इलामको नै आर्थिक बिकासमा टेवा पुग्नेछ ।


शहिद रत्नकुमार बान्तवाले निर्माण गरेको हाल देउमाई नगरपालिका १ मा पर्ने सुरुङ जसलाई चित्रेगुफा पनि भत्रिछ जुन संरक्षणको अभावमा ओझेलमा परेको छ, बान्तवाको हत्या भएको ठाउँ इभाङ्गमा शहिदको नाममा खासै काम हुन सकेको छैन । यस क्षेत्रलाई संरक्षण गर्न सकेमात्र पनि त्यस क्षेत्रसम्म पर्यटकको पहँुच पु¥याउन सकिन्छ ।


इलामको बिकास गुणगानले मात्र हुन सक्दैन । यसलाई नमूना पर्यटकीय जिल्ला बनाउन सम्पूर्ण पक्षहरू आ–आफ्नो ठाउँबाट प्रतिबद्घ हुन जरुरी छ । अझ धार्मिक साँस्कृतिक सम्पदाहरूले सुशोभित भएर पनि पश्चिम इलाम तुलनात्मक रूपमा कम विकसित छ । त्यसैले यस क्षेत्रमा अवस्थित सम्पदाहरूको खोजी तथा समोचित विकासको लागि समयमा नै सोच्नु जरुरी छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसारका साथै संरक्षण र संवद्र्घनमा सम्पूर्ण इलामे जनता एक भएर अघि बढ्नु आजको आवश्यकता हो ।

प्रतिकृया दिनुहोस