• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 04:31:23

मुसाको पिसाबबाट महिलाको मृत्यु


एजेन्सी : संक्रमित मुसाको पिसाबको सम्पर्कबाट सर्ने ‘हन्टाभाइरस’ बाट अमेरिकाको न्यू मेक्सिकोमा एक २७ वर्षीया महिलाको मृत्यु भएको छ । किलि लेन नामकी ती महिलाको न्यू मेक्सिको हस्पिटलमा मृत्यु भएको थियो । उनलाई मुटु र फोक्सोको सन्चालनमा सघाउ पुर्याउने मेशिनमा राखिएको थियो । 
बिरामीलाई सुरुमा गत जनवरीमा रुघाको लक्षण देखिएको थियो । पेटमा अत्यन्त दुखेपछि र रिंगटा लागेपछि उनलाई अस्पताल लगिएको थियो । थुप्रै परीक्षणपछि उनलाई गत फेब्रुरीमा हन्टाभाइरस लागेको पहिचान भएको थियो । 
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार हन्टाभाइरस संक्रमणले पार्ने ‘हन्टभाइरस पल्मोनरी सिन्ड्रोम (एचपिएस)’ बारे सन् १९९५ मा मात्र जानकारी सार्वजनिक भएको थियो  । 
२०१७ को जनवरीसम्म यो रोगका ७ सय २८ केस भेटिएका छन् । तीमध्ये ३६ प्रतिशतको मृत्यु भएको तथ्यांक छ । एचपिएसबाट ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला प्रभावित भएका छन् । सिडीसीका अनुसार हन्टाभाइरस सबैभन्दा बढी मिसिसीपी नदीभन्दा पश्चिमका राज्यमा देखिएको छ । 
हन्टाभाइरसको संक्रमण भएपछि यसले शरीरका अंगहरुमा क्षति पु¥याउँछ । किलेको हकमा उनको फोक्सोमा असर पु¥याएको थियो । यो संक्रमण कुनै पनि जाति समुदायका मानिसलाई हुन सक्छ । अमेरिकामा यो संक्रमणबाट ७८ प्रतिशत गोरा समुदाय, १८ प्रतिशत अमेरिकन इण्डियन, अफ्रिकी अमेरिकन १ प्रतिशत र एशियन १ प्रतिशत प्रभावित छन् ।  हन्टभाइरस अर्जे्न्टिना, बोलिभिया, ब्राजिल, चिली, इक्वेडर, पाराग्वे, पनामा, उरुग्वे तथा भेनेजुयलामा पनि देखिएको छ । मुुसाको पिसाबबाट मानिसमा सर्ने भएपनि मानिसबाट मानिसमा सर्ने सम्भावना भने कम रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस