• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:47:43

दमकको बजेट कटौती

नेपाल सरकारले ल्याएको श्वेतपत्रको असर स्थानीय तहमा देखिएको छ । झापाको दमक नगरपालिकाले पाँच महिनाअघि प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल भएको छ । श्वेतपत्रपछि नगरपालिकाको ४० करोड रुपैयाँ बजेट कटौती भएको हो । केन्द्रीय र प्रदेश सरकारले दिने भनिएका अनुदान नआएकोले बजेट एवं नीति तथा कार्यक्रममा प्रभाव परेको नगर प्रमुख रोमनाथ ओलीले बताए ।
नगरपालिकाले एक अर्ब २९ करोड ४३ लाख रुपैयाँ बजेट अनुमानित गरेकोमा लक्ष्य प्राप्ति हुन नसक्ने भन्दै ४० करोड रुपैयाँ बजेट घटाइएको ओलीले बताए ।
नगरपालिकाले ६९ करोड ३९ लाख २१ हजार रुपैयाँ र प्रदेश सरकारबाट १४ करोड ५० लाख रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रममा १० करोड २५ लाख रुपैयाँ, एलजीसिडीपीमा ४० लाख रुपैयाँ, सडकबोर्ड कार्यक्रममा ७० लाख रुपैयाँ, नगर विकासवाट आयमूलक योजनामा १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । 
यसैगरी लागत सहभागिता योजनाका लागि तीन करोड र गत बर्षको मौज्दात एक करोड २५ लाख ३९ हजार २७ रुपैयाँसहित बाह्य स्रोतबाट १ अर्ब १४ करोड ४९ लाख ६० हजार २७ रुपैयाँ विनियोजन भएको थियो । बिषयगत कार्यक्रमहरु समेतका लागि १ करोड ७३ लाख ४५ हजार तीन सय ४० गरेर कूल १ अर्ब २९ करोड ४३ लाख २ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा हेरफेर भएको ओलीले बताए । “अत्यावश्यकीय कुनै पनि कार्यक्रमलाई प्रभाव नपर्ने गरी बजेटमा हेरफेर गर्ने निर्णय गरिएको हो,” उनले भने, “यस अन्तर्गत केही विकासका नयाँ योजनाहरु तत्काल शुरु गर्न नसकिने अवस्था छ ।”

प्रतिकृया दिनुहोस