• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:11:01

एनएफडिसीमा ‘शत्रु गते’ उत्कृष्ट

पानीले बिथोलेको एनएफडिसी अवार्डमा ‘शत्रु गते’ उत्कृष्ट फिल्म घोषित भएको छ । बिहीबार ह्यात रेजेन्सी होटलको खुल्ला चौरमा वितरण गर्ने तयारी गरिएको अवार्ड पानी परेपछि नराम्ररी बिथोलिएको थियो।

आयोजकले कुनामा विजेताको नाम खुरु खुरु घोषणा गर्दै अवार्ड वितरण गरेका थिए । ‘शत्रु गते’ले ‘उत्कृष्ट फिल्म’को अवार्डबाहेक सोही फिल्मका लागि अमित श्रेष्ठ ‘उत्कृष्ट मिक्सिङ’, मित्र डी गुरुङ ‘उत्कृष्ट सम्पादन’को विजेता बने।

मनोनयनदेखि नै विवादमा परेको कार्यक्रममा  ‘लिलीबिली’ ‘ऐश्वर्य’लेसमान ४–४ अवार्ड जितेका छन्  । फिल्म ‘लिलीबिली’ का लागि निर्देशक मिलन चाम्स ‘उत्कृष्ट निर्देशक’, सुदिप बराल ‘उत्कृष्ट छायाँकन’, जसिता गुरुङ ‘उत्कृष्ट नव अभिनेत्री’ र एलिस कार्की ‘उत्कृष्ट पाश्र्व संगीत’ को हकदार बने।

त्यस्तै फिल्म ‘ऐश्वर्य’का लागि नायिका केकी अधिकारीले ‘उत्कृष्ट सह अभिनेत्री’, प्रशान्त ताम्राकारले ‘उत्कृष्ट सह–अभिनेता’, अञ्जु पन्तले ‘उत्कृष्ट गायिका’ र सुगम पोखरेलले ‘उत्कृष्ट गायक’ को अवार्ड पोल्टामा पारे । त्यस्तै प्रदीप भट्टराई निर्देशित फिल्म ‘शत्रु गते’ र दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा २’ले समान ३–३ अवार्ड पाए।

फिल्म ‘छक्का पन्जा २’बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरबीले ‘उत्कृष्ट पटकथा’, केदार घिमिरेले ‘उत्कृष्ट हास्य कलाकार’ र सर्वोत्कृष्ट व्यवसायिक फिल्म’ बन्यो।

अवार्डमा फिल्म ‘कृ’का लागि अनमोल केसी ‘उत्कृष्ट नायक’ र चन्द्र पन्त ‘उत्कृष्ट द्वन्द्व निर्देशक’ हुँदा फिल्म ‘२ रुपैंयाँ’का लागि कविराज गहतराज ‘उत्कृष्ट नृत्य निर्देशक’ र संगीतकार राजनराज सिवाकोटी ‘उत्कृष्ट संगीतकार’ बने।

नायिका वेनिशा हमालले फिल्म ‘ब्लाइन्ड रक्स’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड उचाल्दा आशिरमान देशराज जोशी  फिल्म ‘ग्याङस्टार ब्लुज’बाट ‘उत्कृष्ट नव–नायक’, फिल्म ‘म यस्तो गीत गाउँछु’बाट डा. कृष्णहरि बराल ‘उत्कृष्ट गीत लेखन’ र ‘भूइँमान्छे’का लागि रमेश बुढाथोकी ‘मह जुरी अवार्ड’ विजेता बने।

प्रतिकृया दिनुहोस