• आइतबार ३-१०-२०७५/Sunday 06-24-2018
  • 04:28:25

रेफ्रीको निर्णय परिपक्व बन्नुपर्छ, वर्षको पहिलो उपाधि जित्ने दाउमा दुबै टिम

इलाम १७ बैशाख : चौथो अन्तर्रा्ष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको आज हुने फाइनलमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन् । माइभ्यालीको उपाधि होडमा चीरपरिचित दुवै चर्चित टिम पूर्ण तयारीसाथ मैदान उत्रदैछन् ।
राष्टिूय टिमका कप्तानदेखि अन्तर्रा्ष्ट्रियस्तरमा समेत चर्चित खेलाडीले भरिभराउ दुवै टिमले आफैं उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन्  । सदरमुकाममा आइतबार बिहान आयोजित प्रि–म्याच कन्फरेन्समा मनाङ र थ्री स्टार दुवै टिमका प्रशिक्षक तथा कप्तानले एक–अर्का टिमसँग आफू परिचित रहेको भन्दै माइभ्यालीको उपाधि आफ्नो पोल्टामा पर्ने बताए । खेलको प्रदर्शन गर्दै फाइनलको खेलको उपाधिमाथि कब्जा जमाउने रणनीतिमा आफूहरू रहेको दुवै टिमले जनाए ।
मनाङ–मस्र्याङ्दी राष्टिूय टिमका कप्तान विराज महर्जनको कप्तानीमा राष्टिूयस्तरमा परिचय बनाइसकेका खेलाडीसहित मैदान उत्रिँदैछ । अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई र विमल बस्नेत मनाङको टिममा हुनेछन् ।  मनाङका प्रशिक्षक फुजा टोपेले आफ्नो टिममा तालिमप्राप्त र उत्कृष्ट खेलाडी रहेकाले माइभ्यालीको उपाधि पोल्टामा पर्ने बताए । ‘विपक्षी थ्री स्टार पनि निकै राम्रो टिम हो,’ उनले भने, ‘तर, हामी अहिलेसम्म भएका सबै कमी–कमजोरी सुधारेर फाइनलमा प्रदर्शन गर्नेछौं ।’ मनाङले माइभ्यालीको सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र क्वार्टरफाइनलमा आयोजक माइभ्याली क्लबलाई समान १–० गोल अन्तरले पराजित गरेको थियो ।
गत सिजनमा मनाङसँगका पाँचै भेट सुखद् बनाउन सफल थ्री स्टार क्लब निराजन खड्काको कप्तानीमा राष्टिूय खेलाडीसहित मैदान उत्रिँदैछ । थ्री स्टारका लागि चर्चित स्टूाइकर विमल घर्तीमगर, रजिन धिमाल, एलन नेउपाने, सुनील बल, अनन्त तामाङ, विजय धिमाललगायतका खेलाडी मैदानमा उत्रने छन्  ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले जुनसुकै टिमबीच प्रतियोगिता हुँदा पनि जित–हारको सम्भावना बराबर नै हुने गरेको बताए । ‘जुनसुकै खेलमा जित–हारको सम्भावना बराबर नै हुन्छ  । हामी जहिले पनि विपक्षी टिमभन्दा उत्कृष्ट प्रदर्शन गरी जित्ने लक्ष्यमा हुन्छौं,’ उनले भने, ‘हाम्रो टिमको प्रदर्शन पनि खेलको सुरुदेखि अन्तिमसम्म विपक्षीको सामना गर्ने र जित हासिल गर्ने किसिमको नै हुन्छ ।’
उनले इलामको माइभ्याली गोल्डकप जित्न काठमाडौंबाटै तयारीसाथ आएको बताए । ‘फाइनल खेलमा हाम्रोतर्फबाट कुनै कमी–कमजोरी हुनेछैन, इलामे दर्शकले उच्चस्तरको खेल हेर्न पाउनुहुनेछ,’ उनले भने, ‘थ्री स्टार र मनाङ भिड्नु भनेको रियाल मडिूड र वार्सा भिड्नुजस्तै हो भन्ने नेपाली दर्शकलाई थाहा छ ।’ उनले गत सिजनमा भएका र यही प्रतियोगितामा पनि रेफ्रीको निर्णय परिपक्व नभएको प्रतिक्रिया दिए । ‘खेललाई अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) को नियममा रहेर खेलाउनु रेफ्रीको कर्तव्य हो,’ उनले भने, ‘तर, अहिले भइरहेका खेलहरूमा रेफ्रीको निर्णय सन्तोषजनक पाइएको छैन, रेफ्री पनि आफैं नियन्त्रित हुनुपर्छ र मात्रै खेल नियमबद्ध हुनसक्छ ।

यो फुटबल प्रतियोगिता एन्फा केलेन्डरको  सिजनकै पहिलो प्रतियोगिता हो । 

प्रतिकृया दिनुहोस