• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:13:11

माईभ्याली गोल्डकपमा विद्यार्थीको गुनासो 

इलाम ८ वैशाख : इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप माईभ्याली फूटबल प्रतियोगितामा विद्यार्थीहरुको गुनासो रहेको छ । वैशाख छ गते बाट भइरहेको खेलहरूमा प्रतिब्यक्ति एक सय रूपैयाँ, सेमी फाइनल खेलहरूमा दुईसय रूपैयाँ र फाइनल खेलमा तीन सय रूपैयाँ टिकट दुर राखेपनि अपाङ्गता र बृद्धबृद्धालाई निःशुल्क तथा विद्यार्थीका लागि एकवटा टीकटबाट दुईजनालाई प्रवेश दिने ब्यवस्था गरिएको आयोजकले जनाएको थियो ।    तर आयोजकलेनै त्यसलाइ लागु नगरेको विद्यार्थीहरुले गुनासो  गरेका छन् । विद्याथीले एउटा टिकटमा दुइजना प्रवेश गर्दा विद्यार्थीको परिचयपत्र हुनुपर्ने आयोजकको भनाइ छ ।  अहिले सम्म दुइखेल सम्पन्न  भइसकेका छन् दुवै खेलमा विद्यार्थीलाइ समस्या भएको गुनासो छ ।

प्रतिकृया दिनुहोस