• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:29:32

कथाः अस्मिता 


अस्मिता दह्रो पाटी चाहिन्छ है तिम्रो जन्मदिनमा, अस्मितासँग भनेको थिएँ । चैतमा अस्मिताको जन्मदिन । अझ एकहप्ता जति बाँकी थियो उसको जन्मदिन आउन । उसलाई उपहार दिन मसँग केही थिएन । पैसाको अभाव परिरहेको थियो । हरेक महिना खर्चस्वरुप दश हजार आउँथ्यो । तर त्यो पैसा हप्ता दिन नबित्दै कसरी सकिन्थ्यो, पत्तै नहुने । 

यो इलाममा पैसा कमाउन मात्र गाह्रो थियो, कमाएको पैसा खर्च गर्न भने एकदम सजिलो । म होस्टेल छाडेर दाइसँग डेरामा बस्न थालेपछि पैसाको कत्ति महत्व छ भन्ने कुरा राम्रैसँग बुझियो । कतैबाट पैसा आउन सकेन । बुद्धि दाइसँग पैसा माग्ने हिम्मत जुटेन । त्यतिबेला मसँग साम्सङ्ग २ थियो । इलामस्थित एक मोबाइल डिलरमा गएर मोलतोल गरियो । डिलर र मेरो दुवैको सल्लाहमा १० हजार रुपैयाँमा मोबाईलको भाउ फिक्स भयो । अन्तमा केही सिप नलागे पछि मोबाइल बेच्ने निर्णयमा पुगेँ । 

त्यसबेला सायद कम नै थियो होला त्यो मूल्य तर यता मेरो आइपरेको आवश्यकताका अगाडि त्यो रकम ठूलै ठहरियो । घरमा मोबाइल हरायो भनेर झुटो कुरा गरेँ । पछि हजार रुपैयाँ पर्ने एउटा सिम्पल मोबाइल सेट किनेँ ।

आइतबार परेको थियो उसको जन्मदिन । जन्म दिनको अघिल्लो रात नै एड्भान्समा शुभकामना दिएर भोलिको प्लान बताएको थिएँ । प्लान अनुसार नै बिहानको १० बजे हामी इलाममा भेट भयौं । कामको शिलशिलामा बुद्धि दाइ झापा जानु भएकाले उसलाई कोठामै लिएर गएँ । कहाँ जाने भनेर झन्झट भएन ।

इलामको वैद्य पसलमा एक दिन अगाडि नै केक अर्डर गरेको थिएँ । उसलाई रुममा बस्न भनेर म पसल गएँ । त्यहाँबाट केक लिएर सिधै कोठातिर लागे । उ बेडमा पल्टिरहेकी थिई । म कोठामा छिर्ने बित्तिकै उ जुरुक्क उठी । टेबलमा केक राखेर त्यसमाथि २१ वटा क्यान्ड्ल गाडे । किनकि उ त्यस दिनबाट २१ मा लागेकी थिई ।

क्यान्डलमा लस्करै दिप जलाउँदै गएँ । अनि म एक्लैले ताली पड्काउँदै जन्मदिनको शुभकामना दिएँ । उसले केकको सानो टुक्रा काटेर आधा मलाई खुवाइदिई अनि आधा केक मैले उसलाई खुवाईदिएँ । त्यसपछि उसलाई मैले आँखा खोल नभनेसम्म आँखा चिम्म गरिराख्न भनेँ ।

किस गर्नलाई हो रुउसले हाँस्दै सोधी १ हो भने आँखा चिम्म गर्दिन म ।

होइन के सरप्राईज दिनका लागि हो १ मैले भने ।

उसले आँखा चिम्म गरी । बर्थ डे गिफ्ट स्वरुप उसलाई किनिदिएको घडी उसको हातमा लगाइदिएँ ।

ल, ‘ओपन योर आइज’ अस्मितालाई आँखा खोल्न भनेँ ।

वाउ।।।। ,आँखा खोल्ने बित्तिकै उसले आफ्नो हातमा रहेको घडी देख्दा यही भनेकी थिई ।

उसको जन्मदिन रमाइलोसँग बित्यो । मेरा लागि भनेर उसले डेरी मिल्क, सिल्क, फाईभ स्टार, स्नीकर्स, बन्टीजस्ता विभिन्न चकलेटहरु ल्याइदिएकी रहिछ । ती सबै चकलेटहरु एक बसाईंमै सक्यौ हामी दुईले । आधा उ खान्थी अनि आधा म खान्थेँ । यसरी जुठो साट्दा माया झन् बढे झै हुन्थ्यो ।

दादा अब निस्कन्छु । कलेज जान लेट हुन्छ फेरि, अस्मिताले भनी ।

आज यतै बस न अस्मिता, म नि एक्लै छु यता । के भन्दी रहिछे भनेर बुझ्न खोजेँ ।

बढी बोल्ने हैन है । अब बिहे भएपछि बल्ल हो सँगै बस्ने, आँखा तर्दै भनेकी थिई ।

अस्मितासँग यस्ता सानातिना कुरामा जिस्किरहन्थेँ म । बेलाबेलामा उ पनि जिस्किरहन्थी । उसँग यसोगर्दा छुट्टै आनन्द आउँथ्यो मलाई । केही छिनपछि उसलाई चोकसम्म पुर्याई दिएँ । उसको जन्मदिन हामीले यसरी नै मनाएका थियौं ।

बिएड तेस्रो वर्षको परीक्षा नजिकिँदै थियो । पढाई डामाडोल थियो मेरो । कुनै पनि विषयका नोटहरू थिएनन् मसँग । म रिल्याक्समा थिएँ । किनकि अस्मितासँग यी सब समस्याहरुको समाधान थियो । अस्मिता कै भरोसामा थिएँ म । उसैसँग नोटहरु मागेर फोटोकपी गराएँ । 
त्यसपछि अलिअलि पढ्न थालियो । नजानेका प्रश्नहरु फोनबाटै सोध्थेँ अस्मितालाई । उ सहजै बताईदिन्थी ।

जब परीक्षा नजिक नजिक आउन लागेको हुन्थ्यो, तब हामी दुईको भेटघाट कम हुन्थ्यो । यस्तै थियो हामीले चलाएको चलन । पढाईकै बारेमा धेरै कुरा गथ्र्यौं । जसोतसो गरेर बिएडको परीक्षा सकियो । हामी दुवैको राम्रै भएको थियो बोर्ड परीक्षा । मैले फस्ट डिभिजन आउँछ भन्ने आशा राखेको थिएँ अनि उसले डिस्टिङ्सनको ।

परीक्षा सकिए पछि अस्मिताले मलाई भनेकि थिइ, दादा, कूलधारातिर एउटा रुम खोजिदिनु न है १ अब भाइ पनि यतै कलेज मै आउँदैछ ।

क्लासको साथी त्यतैतिर कोठा लिएर बसिरहेको हुनाले सजिलो भयो । अस्मिताले भनेको केही दिनमै एउटा किचन र एउटा कोठा भएको फ्ल्याट मिल्यो । कोठा मिलेपछि अस्मितालाई कोठा हेर्नका लागि बोलाएको थिएँ । अस्मिताले आफ्नो भाइलाई पनि लिएर आएकी रहिछे । उसको भाइसँग परिचय गराई दिई । भाइसँग हात मिलाउँदै भनें– भाइ, म भगिरथ । तिम्रो दिदीको नजिकको साथी !

दादा, म सरोज, अस्मिताको भाइले भन्यो ।

दिदी भाइ दुवैलाई राम्रै लागेछ फ्ल्याट । घरको साहुसँग कुरा गरेर महिनाको तीन हजार भाडा दिने सहमतिमा कुराको छिनोफानो गरियो ।

१५ दिन जतिको छुट्टी थियो, परीक्षा पछि । तर दिदी भाइ दुवै घर नजाने भएछन् । उसको कोठाको सबै बन्दोबस्त मिलाई दिएर एक हप्ताका लागि म घर तिर हानिएँ । घर नगएको धेरै भएको थियो । कतिखेर देख्न पाइएला झैं भइरहेको थियो, आमा बुबालाई । अन्ततः घर पुगेपछि त्यो चहाना पूरा भयो ।

आमा बुबा मन्दिरका देवताभन्दा माथि छन् । यो कुरा मैले अस्मितालाई पनि धेरै पटक भनेको छु । कहिले काहीँ उसले मलाई सोध्थी, दादा १ तपाइँले मलाई र आफ्नो बुबा आमामध्ये कसै एकलाई रोज्नु पर्यो भने को हुन्छ तपाइँको रोजाई रु मैले सहजै भनिदिन्थे, आमा बुबा मैले पुज्ने देवता हुन्, अनि तिमी मेरो प्राण । यी दुवै चिज बिना आफ्नो अस्तित्व कल्पना गर्न सक्दिन ।

घरको एक हप्ता बसाईमा, धेरै कुराहरुको अनुभूति भयो । आफूमाथि जिम्मेवारी थपिएको भान भयो । बुबा आमाले धेरै नै सम्झाउने प्रयास गर्नुभयो । इलाम फर्कनुभन्दा अगाडि बुबाले भन्नुभएको कुरा दिमागमा खेलिरहन्छ । उहाँले भन्नु भएको थियो, सहरमा गएको छस्, दायाँबायाँ लाग्ने होइन । आफ्नो काम खुरुखुरु गर्ने । अरुसँग मतलब नराख्ने । धेरै के भनिराख्नु, घरको व्यवहार के कस्तो छ बुझेकै छस् । राम्रो काम गरेर कुलको इज्जत राख्नु । कहिले कहीँ आफूले कतै बाटो बिराइएको त छैन भनेर सोच्न पुग्छु ।

दादा यता मेरो रुममा आउनु न । समान किन्न जानु पर्नेछ, इलाम आएको अर्को दिन अस्मिताले फोन गरेर बोलाई ।
दाइलाई साथीकोमा गएर आउँछु भनेर कोठाबाट निस्किएँ म । अस्मिताको कोठामा पुग्न धेरै समय लाग्यो । जहिले पनि लेट गर्नुहुन्छ है अल्छी । अस्मिता भन्दै थिई । तिमी जस्तो जागरुक हुनै सकिएन भनेर भनिदिन्थे उसले यस्तो भन्दा । उसको भाइ पनि हास्दैँ थियो मेरो कुराले । केही समय पछि अस्मिताले चिया बनाएर ल्याई । उसलाई थाहा थियो मलाई चिया मनपर्छ भनेर । उसले जम्मा दुई कप चिया बनाएर ल्याएकी थिई । एउटा आफूले लिई अनि अर्को मलाई दिई ।
भाइलाई खोइ त र ? अस्मितालाई सोधेँ ।

मलाई चिया मन पर्दैन दाइ, भाइले भन्यो ।

तपाईंको सालोलाई धेरै चिज मन पर्दैन, अस्मिताले हाँस्दैँ भन्न थाली, भेना पो मनपर्यो कि परेन र ?
यो के भइरहेको छ १ म अलमलिएँ । म सोच्न पुगेँ । होइन भने आफ्नै भाइको अगाडि उ किन यस्ता कुरा गर्दैथिई । तर म केही बोल्नै सकिन । बस्, नजरको सहायताले तिमीलाई पख भन्ने भाव उप्रति फ्याँकिरहेको थिएँ । केही नबोली हाँस्दैँ हाँस्दैँ उ किचनमा गई, खाली कप लिएर । 
भाइ पनि हाँसिरहेकै थियो । किचनमा गएर अस्मितालाई सोधें, अस्मिता अब तिम्रो भाइले थाहा पायो यार । हाम्रो रिलेसन चलेको कुरा, बेकारमा जान्ने भएर किन त्यस्तो कुरा गरेकी र ?

कूल डाउन दादा १ उसलाई मैले पहिले नै भनिसकेको थिएँ, हाम्रो रिलेसनको बारेमा । तपाईंको मुहारको एक्सप्रेसन देखेर पो हाँस उठ्यो । डेन्जर, हाँसोको खित्का छोड्दै भनी । उसको र मेरो रिलेसनको बारेमा भाइलाई थाहा भएको कुरा मलाई ज्ञान नै थिएन । त्यसैले म आत्तिएको थिएँ त्यस समय । उसै बखत मेरो मुहारमा देखिएको एक्सप्रेसनले गर्दा दिदी भाइका लागि हाँसोको पात्र बनेंछु । तर पछि मै आफैंलाई हाँसो उठ्यो, त्यो कुरा सम्झेर ।

त्यसो भए, भाइलाई सबै कुरा थाहा छ हैन रु, अस्मितालाई प्रश्न गरे । अँ, उसले यति मात्र के भन्दै थिई उसलाई मैले मेरो अघिल्तिर तानेर उसका नशालु ओठमा किस गरेँ । उ आँखा चिम्म गरेर मेरो अङ्गालोमा बेरिई ।

ला दादा । ढोका त खुल्लै रहेछ, मेरो अङ्गालोबाट छुट्टिनासाथ अस्मिताले भनी ।

(कथाका पात्रहरुको नामसँग कसैको वास्तविक नाम मिल्न गएमा संयोगमात्र हुनेछ ।)

प्रतिकृया दिनुहोस