• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 11:13:32

पर्यटनको लागि तीन दिने होमस्टे तालिम 


इलाम, ७ वैशाख :

इलामको फाकफोकथुम गाउँपालिकाअन्तर्गत वडा नं. ३ स्थित आमचोकमा ग्रामीण पर्यटनको लागि तीन दिने घरबास (होमस्टे) तालिम सम्पन्न भएको छ । 
    गाउँपालिकाको केन्द्र अवस्थित आमचोकमा के कसरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उद्देश्यले होमस्टे तालिम आयोजना गरिएको हो । 
    महिला सञ्जाल आमचोकको आयोजना तथा गाउँपालिकाको सहयोगमा सञ्चालित तालिमलाई अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले सहजीकरण गरेका थिए । तालिममा पर्यटन, पर्यटक, होमस्टे व्यवस्थापन, अतिथि सत्कार, बजारीकरण, स्वागत तथा विदाई, स्थानीय पर्यटकीयस्थहरुको खोजी, प्रवद्र्धन र विकासका बारेमा प्रशिक्षित गराइएको थियो । 
    तालिम समापन अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै आगन्तुक पर्यटकहरुलाई राम्रो व्यवहार गरेमा पर्यटकीयस्थलको रुपमा विकास हुँदै जाने विचार व्यक्त गरे । गाउँपालिकाका नायव सुव्वा प्रेमप्रसाद पाण्डेले महिला सञ्जाललाई छुट्टिएको बजेट प्रभावकारी रुपमा लगानी हुनुपर्ने भन्दै आगामी दिनमा थप नयाँ कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । 
    महिला सञ्जालकी अध्यक्ष श्रृजना दहालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जालकी सचिव रनकुमारी थेगिम, सहसचिव उमा राई, सहभागी रुपा राईलगायतले होमस्टे व्यवसायको आमचोक प्रवल सम्भावना बोकेको क्षेत्र भएकाले आगामी दिनमा आफूहरुले होमस्टे व्यवसाय सञ्चालन गर्न सक्ने बताए । 
 

प्रतिकृया दिनुहोस