• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:27:09

चुलाचुली गाउँ पालिकाको गाउँ कार्यपालिका कार्यालयमा बिष्फोट

d

सन्दकपुर संवाददाता
इलाम, २ बैशाख :
झापासँग सिमाना जोडिएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालयमा गएराती प्रेसर कुकर बम बिष्फोट भएको छ । बम विष्फोटमा गाउँ पालिका भवनसँगै बनेको हलमा क्षति पुगेको छ । सङ्घीय प्रहरी इकाइ कार्यालय मेचीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पीताम्बर अधिकारीले शनिबार साँझ आठ बजेतिर विष्फोटको आवाज आएको जानकारी पाएपछि सुरक्षाकर्मी पठाइएको बताए । विष्फोटनमा मानवीय क्षति भएको छैन ।
नेकपा माओबादी विप्लव समूह लगायतका केही सङ्गठनले तीन महिने गतिविधि सञ्चालन गरिरहेका कारण उनीहरूले विष्फोट गराएको हुनसक्ने उनले जानकारी दिए । विष्फोटमा संलग्नको प्रहरीले खोजी जारी राखेको छ ।   
गाउँपालिकाद्वारा नवनिर्मित बैठक कक्षमा भ्वाङ र नयाँ संरचनामा क्षति पुगेको बताइएको छ । विष्फोटनको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । 

प्रतिकृया दिनुहोस