• शनिबार ३-९-२०७५/Saturday 06-23-2018
  • 06:28:12

पर्यटन सम्बन्धि अन्तरक्रिया

सन्दकपुर संवाददाता
इलाम, १ बैशाख :
पर्यटन प्रवद्र्धनका लागि इलाम र धरानका व्यवसायी र पर्यटनकर्मीबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका अध्यक्ष विजय राईको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु सुवेदी समेतका वक्ताले पर्यटनका लागि सँगसँगै सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 
शनिबार अमेरीकी कर्नरमा आयोजना गरिएको कार्यक्रममा समितिका महासचिव देवी पौडेल, धर्म गौतम, विष्णु काफ्ले, कृष्ण शाह, राजेन्द्र बराल समेतले धरान इलामबीच पर्यटन र प्रचार प्रसारमा समेत सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । यस्तै प्राविधिक ज्ञान र सीपमा समेत सहकार्य गर्न तयार रहेको दुवै नगरका वक्ताले जोड दिए । कार्यक्रममा धरान, इलाम, ताप्लेजुङको संयुुक्त सहयोग आवश्यक रहेको पनि बताइएको थियो । 

प्रतिकृया दिनुहोस