• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:14:37

तीन दिने इलाम महोत्सव शनिबार शुरु

Oppining Program

इलाम, १ बैशाख : इलाम सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुरा भएको अवसरमा इलाम महोत्सव शुुरु भएको छ  । नयाँ वर्ष २०७५ को अवसर पारेर उपराष्ट्रपति नन्द बहादुर पुनले इलामको ठूलो टुँडिखेलमा महोत्सवको उद्घाटन गरे ।


उद्घाटनमा उपराष्ट्रपति नन्द बहादुर पुनले नयाँ संविधान कार्यान्वयनको लागि अवको एक मात्र साझा सङ्कल्प विकास र सम्बृद्धि रहेकोले यसका लागि प्रतिष्पर्धा गर्न आवश्यक रहेको औँल्याए ।  उनले इलामलाई जात जाति र संस्कृतिले झनै सुन्दर बनाएको चर्चा गरे । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले इलामलाई कृषि र पर्यटकीय जिल्ला बनाउन आगामी वर्ष विशेष योजना बनाइने जानकारी दिए । इलाम नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा, धरान उपमहानगरपालिकाका मेयर तारा सुव्वा, नेपाली काङ्ग्रेस इलामका सभापति हिमालय कर्माचार्य समेतका वक्ताले इलामले पर्यटकीय क्षेत्रमा उन्नति गर्न पर्नेमा जोड दिए । यस क्रममा उपराष्ट्रपतिले विशिष्ट नागरिकका रूपमा इलामका इतिहासविद् महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्यलाई सम्मान गरे ।

यस्तै धरान उपमहानगर र इलाम नगरकाबीच भगीनी सम्बन्ध कायम हुने गरि सम्झौता पनि गरियो । कार्यक्रममा विभिन्न जात जातिका झाँकी र साँस्कृतिक प्रदर्शन गरियो । यस्तै इलाम नगरपालिका र माईभ्याली फूटबल क्लवबीच माइभ्याली फूटबल प्रतियोगिताको पहिलो पुरस्कार नगरले उपलव्ध गराउने सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । 
इलाम हाम्रो गौरव मुल नाराका साथ आयोजना भएको महोत्सवमा विभिन्न अर्गानिक उत्पादनका स्टल, मुर्तिकला प्रदर्शनी , साँस्कृतिक कार्यक्रम, अर्गानिक परिकार, विचार गोष्ठि, मैत्रीपुर्ण खेलकुद र पुनर्मिलन कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सव तीन दिन चल्ने भएको छ ।


नेपाल एकीकरणमा पूर्वको सीमाना टिष्टा नदी पुग्दा हालको भारत नागरीगढिमा रहेको जंगी निशान सुगौली सन्धीपछि इलाममा सरेको थियो । यसै क्रममा त्यहाँ रहेको खलङ्गा केन्द्र इलाममा कायम भएको थियो । विक्रम संवत १८७२ मा नेपाल र भारतको पूर्वी सिमाना मेची नदि कायम भएपछि विक्रम संबत १८७५ सालमा तत्कालीन श्रीनाथ पल्टनले इलाममा जंगी निशान स्थापना गरेको थियो । त्यसपछि इलाम बजारमा रहेको माईस्थान मन्दिर परिसरमा मन्दिर स्थापना र सदरमुकाममा खलङ्गा समेत व्यवस्थापन गरिएको थियो ।
यसै इतिहासको आधारमा इलाम सदरमुकाम स्थापना भएको दुई सय वर्ष पुरा भएको हो ।
यसै गरी इलामको फिककलमा चैत्र २९ गतेबाट सडक महोत्सव शुरु भएको छ । बैशाख तीन गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न मौलिक खानाका परिकारका साथै अर्गानिक उत्पादनका स्टलहरु राखिएका छन् । महोत्सव होटल एसोसिएसनले आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस