• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:37:04

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

पुरस्कार ग्रहण गर्दै पत्रकार नमिन ।

इलाम, १ वैशाख (सस) : नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष बैशाख १ गतेका दिन प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । 


पत्रकार ढकाललाई प्रदेश सांसद प्रदेश सांसदद्वय राम राना र धिरेन्द्र शर्मा रमणले आज इलाम सदरमुकाममा आयोजित पुरस्कार वितरण समारोहमा नगद १० हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरेका हुन् । 
तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्व आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो । उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्दै आएको छ । 
यसअघि सो पुरस्कारबाट रासस इलामका समाचारदाता गोविन्दप्रसाद लामिछाने, राजधानी दैनिककी कोकिला ढकाल, राजु शिवा, भीम चापागाई, बेनुप भट्टराई, तोयानाथ भट्टराई, झापाका मोहन काजी, रमेश समदर्शी, पाँचथका गणेश साङ्पाङ, अन्नपूर्ण पोष्टकी सीता निरौला र ताप्लेजुङका आनन्द गौतम पुरस्कृत भइभइसकेका छन् ।

शाखा अध्यक्ष कोकिला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष तथा हाल महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूलाई सम्मान गरिएको थियो । 


सो अवसरमा सांसदद्वय राना र शर्मा, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, महासंघका केन्द्रीय सदस्य जबेगू, इलाम शाखाका संस्थापक सभापति धर्म गौतम, नेपाली काङ्ग्रेस इलामका जिल्ला सभापति हिमालय कर्माचार्य, पुरस्कृत ब्यक्तित्व ढकाल, शाखाका उपाध्यक्ष राजेश पराजुलीले शुभकामनासहित मन्तब्य राखेका थिए ।  

प्रतिकृया दिनुहोस