• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:15:35

सिक्कीममा एप्रील एक देखि अर्गानिक तरकारी मात्र

छिमेकी देश भारतको उत्तरपुर्वी राज्य सिक्किममा आगामी एप्रीलदेखि यहाँको सरकारले अर्गानिक तरकारी मात्र विक्रि गर्न पाउने व्यवस्था लागु गर्ने भएको छ । एक तारिकबाट सिलिगुढिबाट आउने विषादी लगाइएको तरकारी आयात बन्द गरिने यहाँका कृषि, बागवानी तथा पशुविकास मंत्री सोमनाथ पौड्यालले बताए । 
हाम्रो उदेश्य अर्गानिक खाउँ भन्ने हो । त्यसका लागि केहिदिन गुन्द्र्रुक सिन्की र हर्पेको तेल खाएर पनि बाँचिन्छ । देन्ताममा आयोजना भएको नुनथले लालीगुराँस पर्यटन महोत्सवमा उनले भने । सरकारले आलु र प्याजलाई भने आयातमा तत्काल बन्देज नलगाउने भएको छ । सिक्किममा तरकारी तथा फलफूल करिव ६० प्रतिशत छिमेकी राज्य पश्चिम बंगालको सिलीगुडिबाट आयात हुने गरेको छ । खेती किसानी घट्दै गएपछि जमिन बाँझो हुन थालेको र जमिन बाँझो नराख्ने किसानलाई विभिन्न सहुलियत दिइने मंत्री पौड्यालले बताए । छ लाख ४७ हजार बढि जनसख्या रहेको सिक्कीममा यहाँको उत्पादन विदेशमा पनि चर्चित रहेको उनले बताए । देन्तामको मटरकोसा नेपाल सम्म पुग्छ । नामी हो । उनले भने । यस्तो उत्पादनलाई बढावा दिन उनले आग्रह गरे ।  प्रत्येक व्यक्ति केहि न केहि रोगको शिकार भइरहेको र यसका लागि विषादियुक्त खानेकुरा प्रमुख कारण रहेको उनले बताए । तल बन्द गरेपनि हाम्रो चल्छ । उनले भने । सिलिगुडिको सव्जी बन्द भएपछि स्थानीय किसानले बजार पाउने र उत्पादन बढ्ने समेत उनले दावि गरे । यसका लागि राजधानी गान्टोकका थोक विक्रेताहरुसँग छलफल गरी आफूले आलु प्याज बाहेक आयात नगर्न निर्देश गरेको मंत्री सोमनाथ पौड्यालले बताए । व्यापारीहरुले सीम्ला मिर्च लगायतका कतिपय तरकारीको माग भएको र सिक्किममा उत्पादन नहुने औल्याएका थिए ।  साड.ख्रद्दुखण्डु ग्राम पंचायतमा आयोजित महोत्सवमा आधुनिक कृषि औजार, पशु पंक्षी , गाइ, भेडा, चौरी, सुँगुर, कृषि उत्पादन, अर्गानिक परिकार राखिएको थियो ।
 महोत्सवमा मंत्री पौड्यालले किसानहरुलाई कुखुराका चल्ला, सुँगुरका पाठा र भेडा अनुदानमा वितरण गरेका थिए । महोत्सवमा इलाम, झापा र मोरड.बाट पर्यटन कर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस