• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 06:36:47

अस्थायी शिक्षक परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक, विवरण सहित

शिक्षक सेवा आयोगले आगामी चैत २३ गते हुने अस्थायी शिक्षक परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक गरेको छ ।
परीक्षाकेन्द्र सार्वजनिकसँगै परीक्षा हुने निश्चित भएको छ ।
बुधबार विहान सार्वजनिक गरेको परीक्षाकेन्द्र अनुसार परीक्षा वाँकेको नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर, झापाको बिर्तामोड र चन्द्रगढी, काठमाडौं र कास्कीको पोखरामा परीक्षाकेन्द्र निर्धारण गरिएको छ ।
अस्थायी शिक्षकको परीक्षा स्थगितको माग गर्दै अस्थायी शिक्षकहरुले ८ दिनदेखि र विद्यार्थीहरुले ३ दिनदेखि अनसन बसिरहेका छन् ।
शिक्षक र विद्यार्थीको आन्दोलन बावजुत पनि शिक्षा सेवा आयोगले परीक्षा गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस