• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:16:11

बाख्रापालनबाट राम्रो आम्दानी

युवराज विष्ट
 भोजपुर,

पछिल्लो समय मानिसहरु विभिन्न व्यावसाय तिर आकर्षित हुन थालेका छन् । उनिहरुले विभिन्न व्यावसाय सञ्चालन गरेर निकै राम्रो आम्दानी पनि गरिहेका छन् । यस्तै एक पात्र हुन भोजपुरको अरुण गाउँपालिका –४ चरम्विकी राममति राई  । उनले वाख्रा पालन व्यावसायबाट राम्रो आम्दानी गरिहेकी छिन् । शुरुमावाख्रा पालनमा लाग्न आर्थिक समस्या हुँदा उनले २÷४ ओटा बाख्रापालन गर्दै  आफ्नो जीवन गुजारा दुखले गर्दै आएकी थिईन । वाख्रापालन व्यावसायलाई अझै वृद्धि गर्ने उनमा सोच आए पनि विस्तार भने गर्न नसकेको उनि वताउछिन् । तर मितेरी नेपालले उनको ठाउँमा सामुदायिक संस्था गठन गरिदियो । त्यसपछि उनले त्यहाँबाट सस्तो व्याजमा क्रण लिएर व्यावसायलाई वृद्धि गरिन् ।
उनि भन्छिन् ‘शुरुमा वाख्रा पाल्ने मन थियो, साहँुको चर्को व्याजमा ऋण लिएर व्यावसाय सञ्चालन गर्न सकेकी थिइन् तर अहिले आफ्नो सस्थामा सदस्य वनी केहि ऋण लिएर थालेको व्यावसायले अहिले राम्रो आम्दानी गरिरहेकी छुँ ।’

प्रतिकृया दिनुहोस