• बिहीबार १-१३-२०७५/Thursday 04-26-2018
  • 05:23:50

अखिल जिल्ला सदस्यलाई कारबाहि

अनेरास्ववियु इलाम जिल्ला कमिटी इलाममा आबद्ध रहि जिल्ला सदस्यको रुपमा रहेका मान बहादुर गुरुङलाई जिल्ला पदाधिकारी बैठकले  निलम्बन गरेको छ ।
गुरुङको नाममा आएको उजुरीहरु उपर पदाधिकारी बैठकबाट छलफल गरी विगत लामो समय देखि पटक–पटक सचेत गर्दा समेत महेन्द्र रत्न बहुमुखि क्याम्पसमा विविध गतिविधिमा संलग्न भइ आर्थिक रुपमा चरम अपारदर्शी रुपमा चलेको, संगठनको गोपनियताको नियमलाई अटेर गरेको, संगठनको एकता र हार्दिकता बिगार्ने कार्यमा क्रियाशिल भएको,संगठनको निति,नियम र पद्धती विपरित कार्यमा संलग्न रहेको,मरब क्याम्पसमा कमिटीको समन्वय विनानै मनेमानि तवरले माथिल्लो कमिटीको निर्देशनलाई अटेर गर्दे संगठनको एकता र हार्दिकतामा आच आउने कार्यमा निरन्तर सहभागी भएको साथै स्थानिय तहको भुगोलमा समेत सम्बन्धित क्षेत्रको विद्यार्थी नेतृत्व संग समन्वय विनानै विविध गतिविध गरेको हुनाले यसरी संगठनलाई दिनानुदिन कमजोर बनाउदै व्यक्तिगतहितलाई माथि राख्दै संगठनको जिल्ला तहको निर्देशनलाई बेवास्ता गरेको हुनाले आचरण सुधार नभएसम्मको लागि संगठनको कुनै पनि जिम्मेवारीमा नरहने  गरी पदाधिकारी बैठकले निलम्बन गरेका हो ।
साथै आगामी दिनमा संगठनको पद्धति,निति,नियम,निर्देशन,एकता र हार्दिकतालाई सौहार्दपुर्ण वातावरणमा अघि बडाउन समेत मातहतका सबै कमिटीलाई निर्देशन गरिएको समेत अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस