• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:11:17

सदरमुकाममा वार्ड नं. ५ र ३, माङ्सेबुङमा रेडस्टार र दानाबारीमा माई नपा विजयी

दानाबारीको शितलीमा शनिबार भएको पूmटबल खेलको दृश्य ।

सन्दकपुर संवाददाता
इलाम, २७ असोज
: यसपालीको दशैँको अवसरमा इलाम जिल्ला भर नै साना ठूला पूmटबल प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । ती प्रतियोगिताहरुमध्ये कुनै प्रतियोगिता पूmलपातीका दिन सकिने छन् भने कुनै प्रतियोगिता दशैँपछि सम्पन्न हुनेछन् ।
दशैँकै अवसरमा इलाम सदरमुकाममा नगरस्तरीय पूmटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । ठूलो टुँडिखेलमा भइरहेको प्रतियोगिताको शनिबारका दुई खेलमा वडा नम्बर ५ र वडा नम्बर ३ विजयी भए । वडा नम्बर ५ ले वडा नम्बर १ लाई ५–४ गोलको अन्तरले पराजित गरेर सेमी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ४–२ गोलको अन्तरले पराजित गरेको छ । यी दुवै खेलहरुमा निर्धारित समयमा गोल बराबरी भएपछि टाइब्रेकरका आधारमा हारजित भएको हो । आइतबारको पहिलो खेल वडा नम्बर ४ र ५ बीच तथा दोस्रो खेल ३ र ७ बीच हुनेछ ।
माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर २ इभाङमा शनिबार शुरु भएको रेडस्टार गोल्ड कप प्रतियोगिताको पहिलो दिनको खेलमा आयोजक रेडस्टार क्लबले विजयी शुरुआत गरेको छ । इभाङ माध्यमिक विद्यालयमा भइरहेको प्रतियोगितामा शनिबार भुलभुले क्लब बी र रेडस्टारबीच खेल भएको थियो । खेलमा रेडस्टारले २–१ गोल अन्तरले भुलभुलेलाई हराएको हो । रेडस्टारका बालकृष्ण बस्नेत र पर्शन लिम्बूले गोल गरे भने भुलभुलेका प्रशन नेम्बाङले गोल गरे । 
रेडस्टार क्लबको आयोजनामा शुरु भएको खेल कात्तिक ५ गते सम्पन्न हुने खेलाडीसमेत रहेका आयोजक क्लबका सदस्य बालकृष्ण बस्नेतले सन्दकपुर दैनिकलाई जानकारी दिए । उनका अनुसार प्रतियोगिताको पहिलो पुरस्कार नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र तथा दोस्रो पुरस्कार नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार बिदेशमा रहेका स्थानीय तथा केही संघसंस्थाले प्रायोजन गरेको पनि बस्नेतले बताए ।
शनिबार प्रतियोगिताको उद्घाटन माङ्सेबुङ २ का वडाध्यक्ष पुष्पराज कार्कीले गरेका थिए । २२ वटा टीमको सहभागिता रहेको प्रतियोगिताको आइतबार हुने तीन खेलहरुमध्ये पहिलो खेल मालबाँसे पूmटबल क्लब र भोटेडाँडा पूmटबल क्लबबीच, दोस्रो खेल फिँजरा एफसी र जेवाईसी एफसी बीच तथा तेस्रो खेल सुनुयुमा एफसी र नाङरुङ एफसीबीच सम्पन्न हुने भएको छ ।
त्यसैगरि माई नगरपालिकाको शितलीस्थित खेल मैदानमा भइरहेको पूmटबल प्रतियोगिताको शनिबारको पहिलो खेलमा माई नगरपालिकाको जर्सी लगाएको लुङ्गा टिम बिजयी भएको छ । लुङ्गा टीमले झापाको जामुनखाडी टिमलाई टाइब्रेकरका आधारमा पराजित गरेको हो । टाइब्रेकरमा ५–३ गोल भएको थियो भने खेल अवधीमा गोल हुन सकेको थिएन । ३२ वटा टिमको सहभागितामा असोज २२ गतेदेखि शुरु भएको यो पूmटबल प्रतियोगितामा शनिबार नै अन्य दुई खेलहरु पनि भएका छन् । प्रतियोगिताको फाइनल खेल असोज ३० गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
यसैगरि बडादशैँ तथा दीपावलीको अवसरमा जमुनामा लाग्ने कागे मेलामा पनि शुभ दीपावली कप कागे नकआउट पूmटबल प्रतियोगिता आगामी कात्तिक १२ गतेदेखि २० गते सम्पन्न हुने भएको छ । पहिलो पुरस्कार एक लाख १११ रुपैयाँ नगद र दोस्रो पुरस्कार ५० हजार ५१ रुपैयाँ नगद रहेको प्रतियोगिताका लागि आगामी असोज ३० गतेसम्म टीम इण्ट्रि गराउन सूचित गरिएको छ । प्रत्येक वर्ष सञ्चालन हुने यो प्रतियोगितामा नेपाल र भारततर्पmका तीन दर्जनको हाराहारीमा फुटबल टीमहरुले सहभागिता जनाउने गरेका छन् ।
यस्तै बडादशैँको नै अवसरमा नामसालिङ, श्रीअन्तु, समाल्बुङ, नयाँबजार, आमचोक, फाकफोक, गोर्खे, करफोक लगायतका स्थानमा पनि पूmटबल प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस