• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:56:38

बृद्धभत्ता लिन आउनेको भीड

सुष्मा राई
दानाबारी, २५ असोज :
दक्षिणी इलामको माई नगरपालिकाले बैङ्कमार्पmत सामाजिक सुरक्षा भत्ता वितरण थालेपछि यतिबेला स्थानीय बैङ्ककमा त्यस्तो भत्ता लिन आउनेको भीड लागेको छ । दशैँअघि वितरण गरिँदै गरेको भत्ता माई नगरपालिकाले स्थानीय स्तरमा रहेको सानिमा बैङ्कलाई वितरणको जिम्मा दिएको छ । सो बैङ्कको परिसरमा यतिबेला बृद्धबृद्धाको बढी भीड देखिने गरेको छ । शुक्रबारसम्म भत्ता वितरण हुने नगरपालिका र बैङ्कले जनाएका छन् । त्यसैले अभैm भोली पनि आजजस्तै भीड लाग्ने बुझिएको छ । तस्विरमा हेरौँ भत्ता लिन आउनेको भीडलाई । 

प्रतिकृया दिनुहोस