• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:58:53

इलाममा नयाँ नोट सटही शुरु

 सन्दकपुर संवाददाता
इलाम २५ असोज :
 नेपाल बैंक लिमिटेड इलामले आज देखि सर्वसाधारणलाई नयाँ नोट सटही गर्न थालेको छ ।
दशैंमा नयाँ नोटको माग अत्याधिक हुने भएकाले एक जनालाई पाँच हजार रुपैयाँ नयाँ नोट वितरण गरिने बैंकका प्रबन्धक कृष्ण नेपालले बताए । इलामका लागि ३ करोड नयाँ नोट आएको उनले बताए । आ–आफ्ना ग्राहकहरुलाई वितरण गर्नका लागि अन्य बैंकहरुलाई भने पाँच पाँच लाखका दरले नयाँ नोट दिइने भएको छ । लिमिटेड बैंकले जिल्लाका अन्य बैंकहरुलाई पनि नयाँ नोट दिने भएपछि सर्वसाधारणले सबै बैंकहरुबाट नयाँ नोट सटही गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस