• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 03:11:54

सुपरमाइबाट  विद्युत परिक्षण उत्पादन शुरु 

विजयशेखर भट्टराई
इलाम २४ असोज :

 इलाम नगर पालिका ५ को दुधाङबेसीमा निर्माण सम्पन्न भएको सुपरमाई जलविद्युत आयोजनाले बुधबारदेखि विद्युत परिक्षण उत्पादन शुरु गरेको छ । माइ खोलाको पानीबाट विद्युत उत्पादन हुनेगरी निर्माण भएको आयोजनाबाट सात दशमलव ८ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । 
२०७३ चैैत्र महिनामा निर्माण शुरु भएको आयोजना १८ महिना भित्रमा निर्माण सम्पन्न भएको हो । सुपरमाइ हाइड्रोपावर लिमिटेडका अध्यक्ष मोहन विक्रम कार्कीले लक्षित मितिभन्दा २२ महिना अगाडि नै आयोजना निर्माण सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले बुधबारबाट ड्राइ टेष्ट सकेर परिक्षण उत्पादन शुरु गरिएको बताए । एक अर्व ५० करोड लागत अनुमान भएको आयोजनाको निर्माण समय अगावै सकिएपछि करिव सात देखि दश करोड रुपैया लागत घटेको उनले बताए । आयोजना क्षेत्रभरमा करिव ८६ लाख रुपैया बराबर सामाजिक उत्तरदायित्व रकम उपलव्ध गराएर अन्य विकास निर्माणका काम गरिएको उनले बताए । 
आयोजनाका मेनेजिड. डाइरेक्टर माधव प्रसाद मैनालीले आयोजना सुरुड. बेगरको भएको र तीन हजार पाँच सय मिटर परको इन्टेकबाट पाइपलाइन मार्फत पानी ल्याइएको जानकारी दिए । उनले पावर हाउसमा तीन दशमलव नौ मेगावाट क्षमताका दुइ वटा होरिजेन्टल फ्रान्सिस टर्वाइन जडान गरिएको र ड्राइ सिजनमा दुइ दशमलव तीन मेगावाट विद्युत उत्पादन गरिने लक्ष रहेको बताए । आयोजनाको उत्पादन क्षमता अनुसार आगामी दश वर्षमा आयोजनाले सम्पुर्ण लागत विद्युत विक्रि मार्फत उठाइसक्ने छ । 
इलाम गोदक सम्मको प्रसारण लाइनमा समस्या नरहेको र गोदक सम्म अपरमाईको प्रसारण लाइन मार्फत नै केन्द्रिय प्रशारणमा विद्युत जोडिएको छ । नवनिर्मित सुपरमाई आयोजना इलाम जिल्लामा नीजि क्षेत्रबाट निर्माण भएको दशौ. आयोजना हो । आयोजना निर्माणका लागि सानिमा बैक , सिद्धार्थ बैक र ज्योति विकास बैकले ऋण उपलव्ध गराएका छन् । आयोजनाले दोस्रो चरणमा तीन मेगावाट क्षमताको क्यास्केट निर्माण गर्ने जनाएको छ । सुपरमाइ अन्तर्गत यस अघि दोलखामा एक मेगावाट र दैलेखमा तीन दशमलव सात मेगावाट क्षमताको दुइ आयोजना निर्माण भइसकेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले सुपरमाई पव्लिक कम्पनी भैसकेको र चाँडै प्रभावित क्षेत्रका बासिन्दाका लागि आइ प ीओ निस्कासन तयारी शुरु भएको बताए । 

प्रतिकृया दिनुहोस