• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:46:40

नाम र राजधानी नटुङ्ग्याई सकियो प्रदेश १ को प्रदेशसभाको अधिवेशन

सन्दकपुर संवाददाता
विराटनगर, २३ असोज :
प्रदेश नम्बर १ को प्रदेशसभाको जारी दोस्रो अधिवेशन आज मङ्गलबार सकिएको छ । चार महिनाअघि गएको जेठ १७ गते शुरु भएको अधिवेशनले १२ वटा विधेयक पारित गरेको जनाइएको छ । त्यस्तै अधिवेशनका क्रममा ५२ वटा बैठक बसेको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।
अधिवेशन समापनका बेला संवोधन गर्दै मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको बताए । उनँले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको पनि बताए । 
अधिवेशनबाट प्रदेशको राजधानी र प्रदेशको नामाकरणका विषयमा भने कुनैपनि निर्णय भएन । यस विषयमा बोल्ने क्रममा मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको भन्दै पत्रकारहरु फाइदाका लागि मात्र कुद्ने गरेको बताए । उनले उहांँले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाइने दाबी गरे ।

प्रतिकृया दिनुहोस