• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:14:02

भारततर्फ भन्सार नहुँदा कारोबार ठप्प

विजयशेखर भट्टराई
इलाम २३ असोज :
भारतसँग सिमाना जोडिएको र मुख्य नाका पशुपतिनगरमा रहेको भन्सारमा दरवन्दि अनुरुप कर्मचारी नहुँदा आयात निर्यात दुवैतर्फबाट हुन सकेको छैन । भारतिय तर्फ भन्सार चेकपोष्ट मात्र रहेको र अध्यागमन पनि नभएकाले पशुपतिनगर नाकामा आयात निर्यातका साथै तेस्रो मुलुकका पर्यटकहरुलाई आवत जावतमा समस्या परिरहेको छ । 
पुर्वी पहाडका विभिन्न सीमा नाकामा आठ स्थानमा छोटी भन्सार रहेकोमा हाल तीन वटा मात्र संञ्चालनमा रहेको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । हाल श्रीअन्तु आउने नाका छव्विसे मेची वारी छिरुवा र गोर्खे आउने नाका मानेभञ्ज्याड.मा मात्र छोटी भन्सार संचालनमा रहेको नासु चेतनाथ खनालले जानकारी दिए । विगतमा  तुम्लिड., मेमेड., च्याड.थापु, फालोट, बन्दुके लगायतका स्थानमा छोटी भन्सार संचालनमा थिए । पशुपतिनगर मुख्य नाकामा भारतिय पक्षले अध्यागमन र भन्सार कार्यालय राख्न चासो नदेखाउदा यो नाका नाम मात्रको नाका बन्न पुगेको हो । भारतको सुकियापोखरीमा भारतिय तर्फको कस्टम सुपरिटेण्डेण्ट कार्यालय रहेको छ । पशुपतिनगर फाटकमा भारतले चेक पोष्ट मात्र राखेकोले सामान्य कागजपत्रका लागि करिव तीस किलोमिटर टाढा सुकियापोखरी पुग्नु पर्ने बाध्यता रहेको छ । चेक पोष्टलाई बील अफ एक्सपोर्ट जारी गर्ने र गुड एण्ड सर्भिस ट्याक्स जी एस टी जारी गर्ने अधिकार समेत नरहेकाले यहाँबाट कारोबार हुन नसकेको बताइएको छ । नेपाल सरकारले विगतमा पशुपतिनगरमा अध्यागमन खोल्नका लागि राजपत्रमा सुचना जारी गरि पहल गरेपनि भारततर्फ अध्यागमन कार्यालय स्थापनामा भारतले चासो देखाएको छैन । भारतिय राजदुतले पशुपतिनगर भ्रमणका क्रममा उक्त नाका व्यवस्थापनमा चासो देखाएका थिएनन् । भारतमा पश्चिम बंगाल राज्य सरकारको प्राथमिकतामा नपरेकाले पशुपतिनगर नाका ओझेलमा परेको स्थानीय समाजसेवी मिलन क्षेत्री बताउँछन् । पशुपतिनगर नाका भएर भारतको दार्जिलिड. सीक्कीम, कर्सियाड.लगातका क्षेत्रमा जान र सन्दकपुर फालोट क्षेत्रको पर्यटन व्यवसायमा समेत सजिलो पुग्ने देखिन्छ । 
भन्सारले सामान्य भन्सार सेवा दस्तुर, कृषि पैठारी र लीलामीबाट आम्दानी गरिरहेको छ । नासु खनालले अस्थायी पैठारी मात्र भएकाले त्यति धेरै कारोबार नहुने बताए । आर्थिक वर्ष २०७३।७४ मा एक करोड ३८ लाख ८१ ह्जार असुली गरेकोमा आर्थिक वर्ष २०७४।७५ मा ८४ लाख ५३ हजार असुली गरेको थियो । चालु आर्थिक वर्षको भाद्र मसान्त सम्म २७ लाख १५ हजार आम्दानी भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । भन्सारमा यायात निर्यात ठप्प भएपछि यहाँ कर्मचारी समेत दरवन्दि भन्दा आधा कम मात्र कार्यरत रहेको पाइएको छ । कार्यालयमा अधिकृत दरबन्दि रहेकोमा अधिकृतको सट्टा नासुले चलाइरहेका छन् । नासु ६ जनाको दरबन्दि रहेकोमा तीन जना मात्र कार्यरत रहेका छन् । यस्तै ८ जना कार्यालय सहयोगी मध्ये ६ जना कार्यरत रहेका छन् । थप एक जना ड्राइभर पनि रहेका छन् । १७ जनाको दरबन्दि रहेको कार्यालयमा हाल दश जना कार्यरत रहेका छन् । 

प्रतिकृया दिनुहोस