• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:29

इलाम अब ‘किबी जोन’

 सन्दकपुर संवाददाता
इलाम, १९ असोज :
 इलामलाई किबी जोनको रुपमा विकसित गरिने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्पmत इलामलाई किबी जोन बनाइने भएको हो । पहिलो चरणमा इलामको सन्दकपुर गाउँपालिकाका सबै वडा र इलाम नगरपालिकाको वडानम्बर १, २, ३ र ४ लाई किबी जोन बनाउन सिफारिस गर्ने निर्णय भएको हो ।
परियोजनाको आयोजनामा बिहीबार सदरमुकाममा सम्पन्न एक कार्यक्रमबाट सो क्षेत्रलाई किबी जोन बनाउन सिफारिसस गर्ने निर्णय भएको हो । कार्यक्रममा परियोजनाको केन्द्रीय कार्यालयबाट आएका वरिष्ट कृषि विकास अधिकृत पर्शुराम रावलसहितको टोली, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल तथा उपप्रमुख चित्रकला बराइली, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राई तथा इलामका वरिष्ट कृषि विकास अधिकृत राम सुगरथ शाहसहित किबी कृषक, किबी खेतीसम्बन्धी संस्थाका प्रतिनिधीहरु र पत्रकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाको बारेमा वरिष्ट कृविअ रावलले सहभागीहरुलाई जानकारी गराएका थिए । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरिक आधुनिक, ब्यवसायिक, दीगो एवम् आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोचका साथ शुरु भएको परियोजना आर्थिक वर्ष २०७३÷०७४ देखि सञ्चालनमा आएको र यस आर्थिक वर्षदेखि इलाममा पनि सञ्चालन गर्न लागिएको उनले बताए ।
यसअघि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका वडा नम्बर १ तथा ४ बाट यसअघि परियोजनामा सो क्षेत्रलाई किबी जोन बनाउन माग भएबमोजिम जिल्लास्तरीय छलफलबाट निर्णय गर्न परियोजनाले कार्यक्रमको आयोजना गरेको हो । अब परियोजनाले सन्दकपुर गापा र इलाम नपाका चारवटा वडालाई किबी जोनको रुपमा घोषणा गरेर त्यो क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने छ । 
किबी जोन बनाउन त्यस क्षेत्रमा कम्तिमा ५०० हेक्टर (१० हजार रोपनी) जमिनमा किबीको ब्यवसायिक खेती गर्नुपर्ने नियम परियोजनाको छ । किबी जोन घोषणा पश्चात त्यसको सञ्चालक समिति बन्नेछ र समितिले परियोजनाको कार्यान्वयन गर्नेछ । उक्त परियोजना कार्यान्वयनका लागि इलाममा चालु आर्थिक वर्षमा एक करोड तीन लाख रुपैयाँ खर्च गरिने भएको छ ।

प्रतिकृया दिनुहोस