• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:15:27

‘शुभ शुभ–कामना’

मंगेश बस्नेत

म हार्दै गए त के भो र ?
तिमी जित्दै जाऊ,
म विलिन हुँदै गए त के भो र ?
तिमी सुखी संसारमा बाँच्दै जाऊ ।
______ * ______
शुभ कामना छ तिमीलाई 
सफल जिन्दगी जिउनलाई 
टालटुल गर्दै बाँच्दै जाउला
हुँला व्यस्त फाँटेको जीवन सिउनलाई
म अस्ताए त के भो र ?
तिमी उदाउँदै जाउँ
म विलिन भए त के भो र ?
तिमी सुखी संसारमा बाँच्दै जाउ ।।
______ ** ______
धेरै कामना छ मेरो तिमीलाई
दुःखी पलहरु कहिल्यै नआवोस,
सम्झनेछु हर क्षण तिमीलाई 
खुसीका दिनहरुले साथ देओस्,
म रोए त के भो र ?
तिमी हाँस्दै जाऊ,
म विलिन हुँदै गए त के भो र ?
तिमी सुखी संसारमा बाँच्दै जाउ ।।।
______ *** ______

मिति :- २०७५-०६-१६-३

प्रतिकृया दिनुहोस