• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:13:15

सरकार ! कानुन खोज्न कहाँ जाउँ 

सीता आस्था ढुंगेल 
देश चलाउन नियम कानुन चाहिन्छ । कानुन बन्छ,बनाईन्छ । हरेर बर्ष नियम पुर्वक कानुन दिवश पनि मनाइन्छ । सबै सडकमा काम बिसाएर निस्कन्छन् ,दीप जलाउछन् र मनाउछन् बिबिध कार्यक्रम गरेर। यौटा श्रमिक पनि निस्कन्छ त्यो बेला एक दिनको श्रम बिसाएर । सार्वजनिक बिदा गरिएको हुन्छ ।   बस् यति फाइदा हुन्छ कि सरकारी कर्मचारीले पनि फुर्सद पाउछ । अरुबेलाको दिमागी थकानलाई त्यो दिन कम महसुस गर्न पाउदा खुशीनै हुन्छ । साझमा सबै चोकचोकमा भेलाभएर दीप प्रज्वलन गर्छन् र खुशी बटुल्छन् एकछिनको लागि । घरमा पुग्छन् खुशी मनले न्यूज सुन्न र हेर्न लालाहित भएर ओच्छ्यानमा पल्टन्छन् र टिभी खोल्छन् । बिभिन्न ठाउमा बिबिध कार्यक्रमाका साथ फलानो मन्त्रीको प्रमुख आथित्यमा सम्बिधान दिवश मलाईयो!नाचगान गरियो ।ठूलै उपस्थित देखाईन्छ ,हेर्न पाईन्छ टिभीको पर्दामा र अनलाईनका भित्ताहरुमा । 
भोलि पल्ट बिहानै यौटी कलेज गएकी छोरी हराउछे ,बेचिन्छे लुटिन्छे । उता  अर्की नावालीका  छोरी हराउछे स्कुलको झोला पोसाकसंगै ।  दुध किन्न गएको छोरो हराउछ  बिहानै ।  अपहरणमा पर्छ अनि  फिरौतिका लागि बाबुको छातीमा बन्धुकको नाल तेर्सिन्छ। सन्तानको ज्यान रक्षाकालागि पैसाको खोजिमा हिड्दा  हिड्दै छोरो मारिएको समाचार आउछ ।
उता छोरी बलत्कार पछि हत्या गरिन्छे र उखुबारीमा फालिन्छे।गाउभरी हल्ला चल्छ! शोक मग्न हुन्छ गाउँ!सडक तातिन्छ ,जुलुस निस्कन्छ, टायर बल्छ।भोकै न्ययाको खोजिमा दौडिएको गरिव न्याय पाउदैन।यौटा अर्को गरिवलाई कठघरामा उभ्याएर सजाय सुनाईन्छ । यातना दिइन्छ।यौटा गरिव अन्यायमा पर्छ । न्याय पाउँदैन अर्को गरिव अन्याय नगरी सझाय भोग्छ । कस्तो देश भन्नु कस्तो कानुन भन्नु!अनि कानुन दिवश मनाउनु! मिच्नेलाई मिच्न सजिलो छ । पिस्न सजिलो छ । त्यहि ठूलाको शन्तान  अपराधमा सम्लग्न  छ ।बालीका बलत्कार गरेर हिडेको छ । बिभिन्न धन्दामा सामेल छ तस्करी गर्छ । उसलाई सझाय छैन । उसलाई कानुनको पालना गर्नु छैन । मनमौजी गर्न पाउँछ स्वतन्त्र भएर जे सुकै गरेर बाच्न पाउछ ऊ ।
कानुन लाग्नु पर्छ भने सबैलाई लाग्नु पर्छ । तर किन गरिव जनतालाई न्याय छैन?सजाय मात्र छ ? छिमेकीकाबाट कोसेली ल्याएको बिस्कुटको ट्याक्स लाग्छ गरिवलाई तर यौटा सासक सुन तस्करीमा सम्लग्न हुन्छ खुलेआम। त्यस्लाई न कानुन छ न सजाय छ । अनि किन मनाउनु कानुन दिवश ? कानुन बनाउछ अनि अपराधी लुकाउछ भनेजति ठूला हत्याकाण्ड ,दुर्घटना छोपिन सक्छ ।
जति ठूला हत्याकाण्ड र दुर्घटना छोपिन सक्छ यहाँ । दास ढुङ्गा छोपियो, दरवार हत्याकाण्ड छोपियो। कसरी लुकेहोला आँखा अघिका यी दृश्यहरु ? त्यत्ति बेला पनि त कानुन थियो तर कसैलाई कानुन लगाईएन किन?हत्यारा पत्ता लागेन । हुनसक्छ आज सम्म ऊ पनि खुलेआम जनताकै माझमा घुमिराखेको!किन भने ऊ शक्ति सम्पन्न थियो । उसलाई कानुनको दायरा थिएन । अनि थाह भएर गुपचुपइयो ,ढाकछोप गरियो ,लुकाइयो।अव कस्लाई बनाएको कानुन ?किन मनाएको कानुन दिवश सोध्न मन लागेको छ सरकार । 
न्याय नपाउने कत्ति छन् निर्मलाका आमाहरु । नारी स्वतन्त्रताका भाषण जति आउँछन् उति स्वतन्त्रता खलबलिएको छ । आज गरिमामय पधमा महिला हुदा सम्म पनि तिनै महिलाहरु सोषित पीडित छन्।महिला हिंसा उत्तिकै चर्किएको छ । छोरी जन्माउन पनि त्रास छ । दुई छाक कमाएर खान पनि त्रास छ । अनि किन बनाउनु कानुन, किन मनाउनु लागु नहुने कानुनको दिवश ? जुन कानुन र न्यायका लागि मुलकमा रगतको खोलो बग्यो । हजारौको ज्यान गयौ । युद्धका चोटहरु अहिले पनि उस्तै छन् । सवृद्धिको सपना “दिवा सपना ” बन्दैछ । म आफै कसैको सुरक्षामा बचेको छु जस्तो ठान्दीन । दैवले बचाएको पल हो जस्तो लाग्छ । धेरै निराश त अहिले पनि छुईन । आशाका ढोकाहरु अहिले पनि खुल्लै छन् । तै पनि म तिम्रो शुरक्षा र न्याय प्रति विश्वस्त छैन । भन सरकार ! म न्याय र कानुनका लागि के गरौ कहाँ जाउँ । 

प्रतिकृया दिनुहोस