• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:14:27

सीमाका समस्या ज्यूँ का त्यूँ

सन्दकपुर डेस्क
पशुपतिनगर, ५ असोज
: नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरि त्यो विषय मत्थर जस्तो देखिए पनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ ।
भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ । भर्खरै मात्र पशुपतिनगर फाटक नजिकै रहेको पुलखोला भन्ने स्थानमा एसएसबीले दशगजाभित्रै तारबार लगाएर घेर्ने प्रयत्न गरेको थियो । त्यहाँ नेपालतर्पmबाट स्थानीय बासिन्दा र सीमा प्रशासनको प्रयासमा तारबार लगाउन नदिइएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख मोहन पनेरुले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।
अहिले पनि पुलखोलामा एसएसबीले दशगजाभित्रै पाल टाँगेर बसेका छन् । त्यहाँ उनीहरूले हतियार पनि दशगजाभित्रै सोभ्mयाएर राखेका देखिन्छन् । स्थानीय बासिन्दाको सहयोगमा त्यहाँ तारबार लगाउन नदिइएको भए पनि भारतीय पक्षबाट अभैm त्यहाँ संरचना बनाउन पहल भइरहेको बुझिएको छ । त्यस क्षेत्रमा एसएसबीको क्याम्प नै छ ।
त्यतिबेला सीमा प्रशासनबाट राजदुताबास हुँदै भारत सरकारलाई दशगजा क्षेत्र पर्ने भएकाले संरचना नबनाइदिन र संयुक्त नापीबाट सीमा निर्धारण भएपछि मात्र थप काम गर्न आग्रह गरिएपछि रोकिए पनि भारततर्पmबाट ‘के हुँदैछ ? छिटो गरेर त्यहाँ संरचना बनाउन प्रक्रिया मिलाइदिनु प¥यो’ भन्ने जस्ता आग्रह भइरहेको प्रमुख पनेरुले बताए ।
इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानाको सन्दकपुरदेखि सूर्योदय नगरपालिकाको छब्बिसेसम्म अहिले जम्मा १०४ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १८ वटा र सहायक स्तम्भ ८६ वटा भनिए पनि पाँचवटा स्तम्भ गायब भएका छन् । ती स्तम्भहरू भरतीय पक्षबाट गायब गरिएको नेपाली पक्षको भनाई छ ।
छब्बिसेदेखि दक्षिणतर्पm मेची खोला बगेको हुँदा मेची नदीलाई नै सीमा मानिएर त्यहाँ इलामको भागमा सीमा स्तम्भ राखिएको छैन । मेची नदीबाहेकको स्थानमा भने कहिले स्तम्भ उखेलिने, कहिले दशगजा क्षेत्रमा संरचना बनिने, बाटो बनिने जस्ता हर्कतहरू भइरहेका छन् ।
मानेभञ्ज्याङमा दशगजा क्षेत्रमा भारतले बाटो बनाएर कालोपत्रे नै गरिदिएको छ । त्यहाँ मानेभञ्ज्याङ बजारमा नेपालतर्पm पनि दशगजा क्षेत्रमा घर बनिएका छन् र भारततर्पm पनि छन् । यस्तै समस्या सन्दकपुरसम्मका सानातिना बजारमा पनि छ । सन्दकपुर जाने बाटो नै भारतले कतिपय स्थानमा नेपालपट्टिको दशगजाभित्र बनाएको छ ।
त्यति मात्र होइन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गतवर्ष मात्र एउटा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि त्यहाँ संरचना बनाएरै छाड्यो भारतले । ‘त्यहाँ उसले जितेको देखिएको छ’, प्रमुख पनेरुले भने, ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो, तर संरचना बनियो ।’
यता छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । त्यहाँ ७ घर नेपालीको बस्ती नै भारततिर पर्नेगरि नापी भएको जनाइएको छ । यसअघि भएको नापीमा ती घर भारततिर पर्ने भनेर स्तम्भ नै राखिएको भएपनि स्थानीयले स्तम्भ उखेलेर प्mयालिदिएका थिए । तर पछि दुईतर्फी नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा पुर्जा छ । 
स्थानीय बासिन्दाका अनुसार पनि एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ । पशुपतिनगर पर्ने सूर्योदय नगरपालिका २ का वडाध्यक्ष चन्द्रकुमार सुब्बाले पनि भारततर्पmबाट कहिलेकाँही सिमा मिच्ने काम हुने गरेको बताए । उनले भने, ‘एसएसबीले अलिअलि गर्दै पेलिरहन्छ । हामी स्थानीय बासिन्दाको पहलमा त्यो कामलाई रोक्ने गरेका छौँ ।’
 

प्रतिकृया दिनुहोस