• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:03

देश अधिनायक वादमा उन्मुख भएको : पूर्व मन्त्रि थापा

 सन्दकपुर संवाददाता,
इलाम ४ भदौ  
पूर्व वाणिज्य तथा आपुत्र्ति मन्त्रि सुनिल बहादुर थापाले देश अधिनायक वादतर्फ उन्मुख भएको बताए ।  
राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकले इलाममा गरेको पत्रकार संमेलनमा उहाँले देशमा भएका हिसाँ र भष्टाचार मौलाइरहेको वेला सरकार अधिनायक वादतर्फ उन्मुख भएको बताए ।

दुई तिहाई भन्दा बढी बहुमतको सरकार भएपनि देशमा शान्ति कायम हुन सकेको छैन । दिन प्रतिदिन बलात्कारका घट्ना बढिरहेका बेला सरकार गम्भिर हनु नसकेको भन्दै देशलाइ शान्ति कायम गर्नको लागि अव प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको उनको भनाइ 
छ ।
स्थानिय, प्रदेश र संघिय सरकार सञ्चालनमा सरकारले नागरिकका अधिकारलाइ बन्देज बनाएर एकलौटि अघाडि बढेको आरोप लगाए । 

प्रतिकृया दिनुहोस