• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:58:57

खुल्ला दौड प्रतियोगितामा चन्द्रकुमार सुनार प्रथम

सन्दकपुर संवाददाता
इलाम, २ असोज :
चौथो संविधान दिवसको अवसर पारेर इलाम सदरमुकाममा आज मङ्गलबार बिहान आयोजित खुल्ला दौड प्रतियोगितामा नेपाली सेनामा कार्यरत चन्द्रकुमार सुनार (Chest no 48) प्रथम भएका छन् । इलाम चोक बजारदेखि नारायणस्थान हुँदै धावीधाराबाट जिरोे किलोमिटर, टुँडिखेल हुँदै चोकबजारसम्मको करिब तीन किलोमिटर दूरी सुनारले १४ मिनेट २० सेकेण्डमा पार गरेका थिए । 


सुनारपछि १४ मिनेट २२ सेकेण्डमा दूरी पार गर्ने माईपोखरी तालिम सेण्टरका मौषम तामाङ (Chest no 32) प्रतियोगितामा दोस्रो भए । त्यस्तै माईपोखरी तालिम सेण्टरकै सचिन राई (Chest no 21)ले १५ मिनेट १० सेकेण्डमा दूरी पूरा गरि तेस्रो र नेपाली सेनाका शिशिर वाइवा तामाङ (Chest no 23)ले १६ मिनेट ५ सेकेण्डमा दूरी पूरा गरी चौथो स्थानमा विजयी भए । 


दौड प्रतियोगितामा महिलातर्पm नेपाली सेनामै कार्यरत शान्ता योङहाङ (Chest no 34) र योजना कुमाल (Chest No 24) प्रथम र द्वितीय भए । शान्ताले २० मिनेट ३० सेकेण्ड र योजनाले २० मिनेट ५८ सेकेण्डमा दूरी पूरा गरेका थिए । महिलातर्पm दुईजना मात्र दौड प्रतियोगितामा सहभागी भएका थिए भने पुरुषतर्पm २४ जनाले सहभागिता जनाएका थिए ।

खुल्ला दौड प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमा कार्यरत जवान तथा अन्य पदका ब्यक्तिहरु र माईपोखरी तालिम सेण्टरमा तालिम लिइरहेका युवाले पनि सहभागिता जनाएका थिए ।
आजको दौडमा विजयी हुने विजेताहरुलाई भोली असोज ३ गते जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सन्दकपुर अनलाईनलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस