• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:16:19

८–१२ उमेर समूहकालाई पूmटबल खेल्न सिकाइँदै

सन्दकपुर संवाददाता
इलाम, ३० भदौ :
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा आज शनिबारदेखि बालबालिकालाई फुटबल खेल खेलाउन थालिएको छ । अखिल नेपाल पूmटबल संघ (एन्फा)को आयोजनामा ८ देखि १२ बर्ष उमेर समूहका बालबालिकाहरुलाई पूmटबल खेलसम्बन्धी तालिम दिन शुरु गरिएको हो । शनिबार एक कार्यक्रम गरि तालिमको उद्घाटन गरिएको थियो । जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले कार्यक्रमको उद्घाटन गरेको संघका सचिव दिनेश काप्mलेले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् । एन्फाको सहयोगमा भइरहेको सो उमेर समूहकालाई पूmटबल खेलाउने खेलमा जिल्ला पूmटबल संघले संयोजन गरिरहेको छ । यो तालिम कार्यक्रम प्रत्येक शनिबार सञ्चालन गरिने पनि काप्mलेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस