• मंगलबार ९-३-२०७५/Tuesday 12-18-2018
  • 07:14:12

निर्माण थालेको आठ बर्षमा बनियो सुकेनिन्दा पुल

 सन्दकपुर संवाददाता,
इलाम, ३० भदौ :
इलामको रोङ गाउँपालिकामा पर्ने साविकको इरौँटार गाविस र झापाको मेचीनगर नगरपालिकामा पर्ने बाहुण्डाँगी जोड्ने सुके निन्दा खोलामा पक्की पुल निर्माण भएको छ । यो पुल निर्माण सम्झौता भएको आठ वर्षपछि निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि आठ बर्षअघि अर्थात् आर्थिक वर्ष २०६७÷०६८ मा सुरुची(थोदुङ जेभी नामको निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग सम्झौता गरेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएपनि निर्माण ब्यवसायीले आठ वर्षमा मात्र निर्माण गरेको हो । 
पुल निर्माण सम्पन्न भएर त्यहाँ गाडि कुद्न थालिसकेको निर्माण ब्यवसायी संघका प्रतिनिधी निमा शेर्पाले सन्दकपुर दैनिकलाई बताए । 
उक्त पुल मूल्य अभिबृद्धि करबाहेक दुई करोड ३३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको सडक डिभिजनका इञ्जिनियर रमेश चौधरीले जानकारी दिए ।
६० मिटर लामो उक्त पक्की पुल निर्माण सम्पन्न भएर त्यसमा यातायात सञ्चालन हुन थालेपछि झापाको बाहुण्डाँगी र इलामको इरौँटार क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुन थालेका छन् । पुल नबन्दा बर्षाद्को समयमा इरौँटारबाट बाहुण्डाँगी, बर्ने, तथा धुलाबारी बजारसम्म सौदापात गर्न पुग्न पनि स्थानीयलाई समस्या पर्ने गरेको थियो ।
 अहिले बाहुण्डाँगीकै बासिन्दा पनि बर्षाद्को बेला धुलाबारी पुग्न यही पुल प्रयोग गर्दा मात्र सम्भव छ । महेन्द्र राजमार्गदेखि माथि सुकेनिन्दामा यो एकमात्र मोटरेबल पुल हो । यो पुलले इलामबाट रोङ गाउँपालिकाकै जिर्मले पुग्न पनि सहज भएको छ ।

प्रतिकृया दिनुहोस