• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:21:57

फाकफोकथुममा बाल दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

 सन्दकपुर संवाददाता

आमचोक, २९ भदौ : राष्ट्रिय बाल दिवस आज इलामको फाकफोकथुममा विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । 
बाल दिवसको अवसरमा सिंहदेवी मावि आमचोकमा चित्रकला तथा बकृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 
यहाँ पाँच वटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा विजयटार आधारभूत विद्यालय प्रथम, कालिका आवि द्वितीय, सल्लेरी आवि तृतीय, ह्यारो प्वाइन्ट एकाडेमी र सिंहदेवी माविले सान्तवाना स्थान हासिल गरे । 
त्यसैगरी बकृत्वकला प्रतियोगितामा ह्यारो प्वाइन्ट एकाडेमी प्रथम, सिंहदेवी मावि आमचोक द्वितीय र विजयटार आवि तृतीय भएका थिए । 
सिंहदेवी मावि आमचोकको आयोजना तथा करूणा फाउण्डेशन नेपालको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद तथा स्टेशनरी पुरस्कार प्रदान गरियो । फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा बाल सञ्जालका प्रतिनिधि समिर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ मोतिखर पोखरेलले स्वागत मन्तव्य राखेका थिए । बाल दिवसको अवसरमा फाकफोकको राष्ट्रिय मावि कोल्बोटे, छायाँदेवी मावि लुङसुङदाङ, एकतप्पाको सिंहदेवी मावि, जनकल्याण मावि, लुम्देको जालपा मावि, फूएतप्पाको विष्णु मावि, सिंहदेवी माविमा विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् । करूणा फाउण्डेशन नेपाल इलामको आर्थिक सहयोग तथा फाकफोकथुम गाउँपालिकाको साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजना अन्तर्गत बाल दिवस कार्यक्रम सम्पन्न गर्न र बालबालिकाको अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न बजेट विनियोजन गरिएको करूणा फाउण्डेशन नेपाल फाकफोकथुम गाउँपालिकाका संयोजक गोविन्द लामिछानेले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस