• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:35:32

माई नपामा अर्को कृषि सहकारी खुल्यो

सन्दकपुर संवाददाता
इलाम, २९ भदौ :
दक्षिणी इलामको माई नगरपालिकामा बेरोजगार युवा तथा पछाडिएको समुदायलाई कृषि सहकारी संस्थाको माध्यमबाट सम्बृद्धितर्पm लाने उद्धेश्यसहित एउटा कृषि सहकारी संस्था खोलिएको छ । स्थानीय बालकुमार बुर्जा मगरेको अध्यक्षतामा नयाँ सहकारीको तदर्थ सञ्चालक समिति पनि गठन गरिएको छ । सञ्चालक समितिको उपाध्यक्षमा जितबहादुर केरुङ, सचिवमा पुष्प गिरी, कोषाध्यक्षमा प्रेमकुमारी भण्डारी र सहसचिवमा नरबहादुर मगर रहेका छन् । अन्य ६ जना सदस्यहरु पनि चयन गरिएको छ । 
बिहीबार एक भेलाबाट सहकारी स्थापना तथा सञ्चालक समिति गठन भएको हो । प्रेमकुमारी भण्डारीको अध्यक्षतामा भएको भेलामा नगरपालिकाका प्रमुख दिपककुमार थेवे तथा उपप्रमुख विष्णुमाया रिमालको पनि सहभागिता रहेको त्यहाँबाट पत्रकार सुष्मा राईले जानकारी दिएकी छिन् । भेलाले सहकारीको विधान मस्यौदा समिति र लेखा समिति पनि चयन गरेको छ । 
विनोद नेम्बाङको अध्यक्षतामा सदस्यहरु अनिल कुमार तामाङ र गोविन्द सोताङ सदस्य रहेको विधान मस्यौदा समिति तथा महेन्द्र बुढाथोकीको संयोजकत्वमा लालबहादुर तामाङ र पृथ्वी तिम्सिना सदस्य रहेको लेखा समिति चयन गरिएको हो । 
सहकारीको मुख्य उद्धेश्यमा राँगापालन, बाँस रोपण र बजारीकरण, बाख्रा पालन, सुपारी खेती, ब्रोइलर पालनलगायत रहने पनि भेलाबाट निष्कर्ष निकालिएको छ ।

प्रतिकृया दिनुहोस