• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:49:53

बाल दिवसमा बाल क्लब र विद्यार्थी पुरस्कृत

सन्दकपुर संवाददाता
इलाम, २९ भदौ :
इलाममा आज शुक्रबार सम्पन्न बाल दिवसको कार्यक्रममा जिल्लाकै उत्कृष्ट बालक्लब तथा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । दिवसकै अवसरमा आज ‘बालबालिकाको बर्तमान अवस्था र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रमकै अवसरमा विद्यार्थीलाई सम्मान र पुरस्कृत पनि गरिएको हो । 
जिल्लामै उत्कृष्ट बन्न सफल सन्दकपुर ४ माबुस्थित प्रबोध माविको बालक्लबलाई पुरस्कृत गरिएको हो । सो बाल क्लबलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार राशी मानव अधिकार मञ्च इलामले उपलब्ध गराएको हो । 
त्यसैगरि इलामको नगर बाल सञ्जालले आयोजना गरेको साँस्कृतिक प्रतियोगिता र मेयरज्यूलाई पत्र लेखन प्रतियोगितामा विजयी विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । साँस्कृतिक प्रतियोगिताअन्तर्गत गायनतर्पm अमर माध्यमिक विद्यालयकी कल्पना अधिकारी प्रथम, हेरिटेज नेशनल एकाडेमीका कृशल श्रेष्ठ द्वितीय, जुबिल्याण्ट इलाइटकी भूमिका सुबेदी तृतीय र बरबोटे बोर्डिङ स्कुलकी निर्जला आचार्य सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।
साँस्कृतिक प्रतियोगिताकै नृत्यतर्पm जुबिल्याण्टकी अस्मिता गुरुङ प्रथम, बरबोटे बोर्डिङकि भुमिका कार्की द्वितीय, ग्रीनभ्याली एकाडेमीकी विजिना खत्री तृतीय र मण्टेश्वरी बोर्डिङ स्कुलका साहिल तामाङ सान्त्वना पुरस्कार जित्न सफल भएका थिए । त्यस्तै मेयरज्यूलाई बालबालिकाको पत्र लेखन प्रतियोगितामा मण्टेश्वरीकि आस्था ढकाल प्रथम, आदर्श माध्यमिक विद्यालयकी रजिना कटुवाल द्वितीय, माउण्ट मेची बोर्डिङ स्कूलकी रोजिना गुरुङ तृतीय र ग्रीनभ्यालीका रोनिक खतिवडा सान्त्वना पुरस्कृत भएका थिए ।
विजेता विद्यार्थीहरुलाई समन्वय समितिका प्रमुख गणेश बरालसहितका अतिथिहरुले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिकृया दिनुहोस