• मंगलबार ८-४-२०७५/Tuesday 11-20-2018
  • 12:03:17

बाल संरक्षणमा सरोकारवाला सबैले काम गर्नुपर्छ


 सन्दकपुर संवाददात
इलाम २९ भदौ : बालबालिकाको संरक्षणमा सरोकारवाला सबैले काम गर्नपर्ने राष्टिूय वाल दिवसका अवसरमा इलाममा आयोजित कार्यक्रमा बताइएको छ । शुखी नेपाली समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथमा भएको प्रभात फेरी पछिको सभाको बक्ताले बाल अधिकारको सवाललाई सबैले ध्यान दिनुपर्ने जोड दिए ।
इलाम नगरपालिकाको सहयोग जिल्ला बाल कल्याण समितिको समन्वयमा नगर बाल सञ्जाल इलामले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बालबालिकाको संरक्षण र विकासमा सरोकारवाला सबै लाग्न अग्रह गरे । उनले बाल बालिकाको विकास र क्षमतामा जोड दिएर काम गर्नपर्नेमा जोड दिए ।
जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बाल विकास र संरक्षणमा सबै जिम्मेवार हुन आग्रह गरे । नगर बाल सञ्जालका अध्यक्ष स्मृति तिम्सिनाले स्वागत तथा कार्यक्रमको बारेमा बोलेकी कार्यक्रममा जिल्ला युवा परिषद इलामका अध्यक्ष नवराज शंकरले बाल बालिका भविष्यका सम्पति भएकोले बाल विकास र संरक्षणको काम गर्नुपर्ने बताए ।
इलाम बजारको ठुलो टुँडिखेलबाट सुरु भएको प्रभातफेरीमा सदरमुकाम स्थीत विभिन्न विद्यालका बालबालिका र अधिकार सम्बन्धि काम गर्ने संघ संस्थाको सहभागिता रहेको ¥यालिले बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न कृयाकलापमा उत्कृष्ठ विद्यालयलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस