• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:28:51

८४ बर्षे सूर्यबहादुरलाई लोदियाले लग्यो

सन्दकपुर संवाददाता
दानावारी, २७ भदौ:
अबिरल परेको भरिका कारण दक्षिणी इलामको माई नगरपालिकामा रहेको लोदिया खोलामा आएको बाढीले मंगलबार एकजना बृद्धलाई बगाएको छ । माईनगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालीखोपका ८४ बर्षीय सूर्यबहादुर राईलाई लोदियाले बगाएको हो । उनको शब आज बुधबार बिहान करिब तीन किलोमिटर तल खोलाको बगरमा स्थानीय बासिन्दाले भेटेको स्थानीय रविचन्द्र राईले सन्दकपुरलाई बताए । 
सूर्यबहादुर मंगलबार हिजो बिहान खाना खाएर पारिपटि चिसापानीमा रहेको सोमबारे बजारतिर हिँडेको उनका परिवारले बताएका छन् । उनी बेलुकासम्म सोमबारेबाट नफर्केकाले परिवारले बजारमा भएका आफन्तलाई फोन गरेर बुभ्mदा पनि दिउँसो दुई बजे नै फर्किएको जानकारी पाएपछि परिवार, आफन्त र छिमेकीले खोजतलास थालेका थिए ।
केही दिनअघि देखि पानीझरी परिरहेको कारण लोदियामा बाढि थियो । लोदियामा पुल पनि छैन । पुल नभएकै कारण बृद्ध सूर्यबहादुर खोलाबाट तर्न खोज्दा बाढीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । मंगलबार बेलुका नै उनको झोला र छाता स्थानीयले खोलामा फेला पारेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेको भएपनि प्रहरी आज बुधबार १० बजेपछि मात्र घटनास्थल पुगेको जनाइएको छ ।
प्रहरीका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयार गरि लास पोष्टमार्टमका लागि झापाको चन्द्रगडी लाने तयारि गरिरहेको छ ।

प्रतिकृया दिनुहोस