• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:12:23

५ प्वाइण्ट ४ रेक्टरस्केलले हल्लायो

सन्दकपुर संवाददाता
इलाम, २७ भदौ :
इलाम र पूर्वी नेपालमा अहिले बिहान साडे १० बजेतिर भुइँचालोको धक्का महसुस भएको छ । भूकम्पले करिब पाँच सेकेण्ड जति पृथ्वी हल्लिएको थियो । सोही कारण घरमा भएका मानिसहरु घरबाट हतारहतार भुइँचालो भुइँचालो भन्दै बाहिर निस्किएका थिए । अहिलेसम्म आधिकारिक पुष्टि भइनसकेको भएपनि यो भुइँचालोले आसाममा केन्द्रबिन्दु बनाएको थियो । यसको मापन ५ दशमलब ४ रेक्टर स्केल रहेको पनि जानकारी प्राप्त भएको छ । भुइँचालोले कहाँ के कति क्षति पुर्यायो भन्नेबारेमा हालसम्म कुनै जानकारी आएको छैन ।
 

प्रतिकृया दिनुहोस