• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:41

ताप्लेजुङमा पनि मेची राजमार्ग अबरुद्ध

सन्दकपुर संवाददाता

ताप्लेजुङ, २५ भदौ : आइतबारदेखि परेको अबिरल वर्षाकै कारण मेची राजमार्गको काबेली–फुङलिङ सडक खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ । मेवाखा र सेसम्बु बीचमा पर्ने भाडी खोल्सामा आएको बाढीले राजमार्ग अवरुद्ध बनेको हो । खोल्सामा बाढीसँगै माथिबाट ढुङ्गा गिटी आएर बाटोमा थुप्रिएकाले यातायात बन्द भएको जिल्ला प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरले बताए ।
बाढी नघटुञ्जेल सवारी साधन ओहोरदोहोर गर्न नसक्ने प्रनि मगरको भनाइ छ । यस्तै उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानैदेखि बाटो अवरुद्ध बनेपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा बाहिरिने र जिल्लामा भित्रिने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।
त्यसैगरि अबिरल वर्षाका कारण पहिरो झरेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका १ को सिनाम र २ को आम्बेगुदिन जोड्ने नेउखोलामा रहेको मोटरेवल पुल जोखिममा परेको छ । पुलको दुबै तर्फका जीपको आसपास माथिबाट पहिरो झरेपछि जोखिममा परेको हो । पहिरोले दुबै तर्फको ग्याबिङ जाली बगाएको स्थानीयवासी भीम थेवेले बताए । बाटोसमेत पहिरोले अवरुद्ध बनेको छ । त्यसले गर्दा आम्बेगुदिन, तेल्लोकबाट सदरमुकाम आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । 
तत्काल बाटो खुल्ने सम्भावना नरहेको स्थानीयवासीको भनाइ छ । ताप्लेजुङमा गएरातिदेखि परेको वर्षा अहिले पनि जारी छ । ताप्लेजुङ, २५ भदौ : आइतबारदेखि परेको अबिरल वर्षाकै कारण मेची राजमार्गको काबेली–फुङलिङ सडक खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ । मेवाखा र सेसम्बु बीचमा पर्ने भाडी खोल्सामा आएको बाढीले राजमार्ग अवरुद्ध बनेको हो । खोल्सामा बाढीसँगै माथिबाट ढुङ्गा गिटी आएर बाटोमा थुप्रिएकाले यातायात बन्द भएको जिल्ला प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरले बताए ।
बाढी नघटुञ्जेल सवारी साधन ओहोरदोहोर गर्न नसक्ने प्रनि मगरको भनाइ छ । यस्तै उक्त सडक खण्डका विभिन्न ठाउँमा स–साना पहिरो झरेका छन् । बिहानैदेखि बाटो अवरुद्ध बनेपछि ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा बाहिरिने र जिल्लामा भित्रिने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।
त्यसैगरि अबिरल वर्षाका कारण पहिरो झरेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका १ को सिनाम र २ को आम्बेगुदिन जोड्ने नेउखोलामा रहेको मोटरेवल पुल जोखिममा परेको छ । पुलको दुबै तर्फका जीपको आसपास माथिबाट पहिरो झरेपछि जोखिममा परेको हो । पहिरोले दुबै तर्फको ग्याबिङ जाली बगाएको स्थानीयवासी भीम थेवेले बताए । बाटोसमेत पहिरोले अवरुद्ध बनेको छ । त्यसले गर्दा आम्बेगुदिन, तेल्लोकबाट सदरमुकाम आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् । 
तत्काल बाटो खुल्ने सम्भावना नरहेको स्थानीयवासीको भनाइ छ । ताप्लेजुङमा गएरातिदेखि परेको वर्षा अहिले पनि जारी छ । 

प्रतिकृया दिनुहोस