• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:33:32

माउण्टमेचीमा ‘फादर्स डे’

सन्दकपुर संवाददाता
इलाम, २५ भदौ :
हिजो आइतबार ‘फादर्स डे’ । अर्थात् बुबाको मुख हेर्ने औँशी । यो दिन कुशे औँशी पनि हो । यो दिनलाई पिता (बुबा)को सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन भनेर मानिदै आएको छ । तर औपचारिक रुपमा यो दिनको अवसरमा गरिने बुबाको मुख हेर्ने कार्यक्रम अब फेसबुक र पात्रोमा मात्र सीमित हुन थालेको पाइने गरेको छ ।
बुबाको मुख हेर्ने दिनलाई समाजले बिर्सन थालेपनि इलाम नगरपालिका ७ मा अवस्थित इलामको सबैभन्दा पुरानो निजी विद्यालय माउण्ट मेची सेकेण्डरी स्कूलले भने यो दिनलाई यसपटक औपचारिक रुपमै मनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका पिताहरुलाई औपचारिक निमन्त्रणा गरेर विद्यालय प्राङ्गणमा विद्यार्थी र उनीहरुका पिताहरुको भेट गराउने काम भएको छ । त्यति मात्र होइन, त्यही अवसरमा विद्यार्थीले आ–आप्mना पितालाई सम्मान, सम्झना र समर्पण पनि गरेका छन् ।
विद्यालयमा उपस्थित विद्यार्थीका पिताहरुलाई छात्रहरुले ढोग र छात्राहरुले नमन गरि पिताबाट आशिर्वाद लिएर आ–आप्mनो चाहनाअनुरुपको कोसेली प्रदान गरेका थिए । पिताहरुले पनि छोराछोरीको त्यो सम्मान र समर्पणलाई स्वीकारसहित उनीहरुलाई आशिर्वाद प्रदान गरेका थिए । त्यतिबेला सबै विद्यार्थीका पिताहरुको अनुहारमा उज्यालो र गद्गद् देखिन्थ्यो ।
विद्यार्थीलाई नेपाली संस्कृति र सभ्यताको पहिचान गराउँदै उनीहरुलाई यसप्रति झुकाव राख्ने बनाउन पहिलोपटक फादर्स डे मनाउने काम गरिएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालक रोशन श्रेष्ठका अनुसार हराउँदै गएको फादर्स डेलाई पनि चिनाउन, विद्यार्थीहरुले आफ्ना कर्म दिने पिताप्रति आदर, सम्मान र समर्पण गर्ने बानीको विकास गर्न कार्यक्रम गरिएको हो । 
श्रेष्ठले सन्दकपुर दैनिकलाई बताएअनुसार प्रत्यक्ष रुपमा विद्यालयमा उपस्थित भएका पिताहरुबाहेक कतिपय विद्यार्थीका अन्यत्र रहेका पिताहरुसँग पनि कार्यक्रममा भिडियो कल मार्पmत भेट गराउने काम गरिएको थियो । ‘कतिपय विद्यार्थीका बिदेशमा रहनु भएका पिताहरुसँग कार्यक्रममै भिडियो कलमार्पmत विद्यार्थीलाई सम्पर्क गराइएको थियो’, उनले भने, ‘बुबा नरहेका विद्यार्थीहरुको हकमा त्यस्ता विद्यार्थीले अभिभाकत्व ग्रहण गर्ने ब्यक्तित्वमार्पmत उनीहरुको प्रेरणा र मनोबल प्रदान गर्ने पहल गरिएको थियो ।’ 
आफ्नो संस्कृति र सभ्यताको नाम दिने उद्धेश्यले गरिएको कार्यक्रमले आफ्ना मूल्य, मान्यता र संस्कृति हाम्रा परिचायक हुन्, तिनको संरक्षण र संवद्र्धन गर्नु नैतिक जिम्मेवारी हो भन्ने विद्यालयको ठहर रहेको पनि जनाइएको छ ।

प्रतिकृया दिनुहोस