• बुधबार ८-२६-२०७५/Wednesday 12-12-2018
  • 03:49:11

जमुनाको कागेमेलामा आयोजित फूटबल प्रतियोगितामा आज ३ खेल सम्पन्न

इलामको सन्दकपूर गाउँपालिकास्थित जमूनामा जारी पुरुष नकआउट फूटबल प्रतियोतिमा सोमबार  दोस्रा चरणका ३ वटा खेल सम्पन्न भएका छन् । खेलमा प्याङ साहारा क्लब प्याङले सन्दकपूर स्पोर्टिङ क्लब माबूले ४(० ले पाखा लगाउँदै सेमिफाइनल खेल खेल्ने पक्का गरेको छ ।
सोमबारै भएको दोस्रो खेलमा मजुवा स्पोटिङ क्लब जमूनाले हवाइट रोज माबूलाई ३(०ले हराएको छ भने कोकोहायल सालामण्डल स्पोटिङ क्लब गोर्खेले नवप्रतिभासिल जमूनालाई ट्रयाइबेकरबाट जीत हासिल गरेको छ ।
गाउँ खेलकुद विकास समिति जमुनाको आयोजनामा भएको गोल्ड कपको समापन खेल काक्तिक  १ गते कुकुर तिहारको अवसरमा हुदै छ । खेलमा प्रथम पुरस्कार ६१ ह्जार रुपैया, दोस्रो पुरस्कार ३१ ह्जार रुपैया र मेडल ट्रफी समेत रहेको आयोजकले जनाएको छ । काग तिहारको दिन राती मेला समेत लाग्ने भएकाले ‘कागे मेला’ का नामले पनि चिनिने यो खेल गत २० बर्ष अघि देखि निरन्तर चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस