• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:13:44

क्षतिपूर्ति मागिएको फाइल नै गायब गर्यो विद्युत प्राधिकरणले

खेतमा पानी लगाउन कुलोको मुहान पुगेर पानी फर्काएर फर्किँदा कुलोमा पोल ढलेर लत्रिएको तारमा करेण्ट लागेर मृत्यु भएका शेरबहादुर लिम्बु । तस्विर : सन्दकपुर

 सन्दकपुर संवाददाता,
इलाम, २३ भदौ : नेपाल विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण मृत्यु भएका इलामका एक निमुखा ब्यक्तिका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको वर्षदिन नाघिसक्यो । तर वर्षदिन पछाडि आएर खोजी गर्दा निबेदकले पेश गरेको फाइल नै प्राधिकरणले गायब गरिदिएको खुलेको छ ।
चरम गरिबी ब्यहोरिरहेको हाल इलाम नगरपालिका वडा नम्बर ११ (साविक सोयाक गाविस वडा नम्बर २ को निन्दाखु) निबासी मृतक ८२ वर्षीय शेरबहादुर लिम्बुका परिवारले क्षतिपूर्तिको आशा गरेको एक वर्ष र दुई महिना बित्न लाग्यो । यतिखेर प्राधिकरणमा प्रक्रियाका बारेमा बुभ्mदा फाइल नै गायब भएको बुझिएको छ ।
२०७४ सालको असार ३२ गते प्राधिकरणकै लापरबाहीले शेरबहादुरको मृत्यु भएको थियो । शेरबहादुरले कमाउँदै आएको स्थानीय धर्म गौतमको खेतमा पानी लगाउन बिहान कुलोको मुहान पुगेर पानी फर्काएर फर्किँदा कुलोमा पोल ढलेर लत्रिएको तारमा करेण्ट लागेर मृत्यु भएको हो । त्यो भन्दा केहीदिन अघिदेखि नै पोल ढलेर कुलोमा बिजुलीको तार लत्रिएको थियो । पोल ढलेदेखि करेण्ट आपूर्ति नगरिएको कुलोको ढिलमा लत्रिएको तारमा कुल्चँदै हिँडेका शेरबहादुर बिहान मुहानमा पानी फर्काउन जाँदा पनि तार कुल्चँदै गएका थिए । 
तर, पानी कुलोमा फर्काएर आपूm पनि फर्किने क्रममा भने तारमा कुल्चँदा करेण्ट लागेर त्यहीँ ढले । स्थानीय बासिन्दाले त्यहाँ पोल ढलेको र तार कुलोमा लत्रिएको भनेर पटकपटक जानकारी दिँदा पनि प्राधिकरणको चरम लापरबाहीले त्यहाँ करेण्ट छाडिँदा शेरबहादुर अकालमै ढले ।
त्यसपछि शेरबहादुरको परिवारले क्षतिपूर्तिको लागि निबेदन दिएको एक वर्ष बितिसक्यो । तर प्राधिकरणले उनीहरुले दिएको निवेदनसहितको फाइल नै गायब गरिदिएको छ । शेरबहादुरका परिवारले क्षतिपूर्ति पाउनु त कता हो कता, फाइल नै गायब गरिदिने प्राधिकरणले अहिलेसम्म मृतक परिवारलाई कुनै जानकारी सम्म दिएको छैन । उता मृतक परिवार क्षतिपूर्ति पाउने आशमा दिन काटिरहेका छन् ।
प्राधिकरणको इलाम वितरण केन्द्रले २०७४ साल भदौ ९ गते नै आवश्यक कागजात सहितको फाइल प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरमा पठाएको जनाए पनि त्यहाँ पनि त्यो फाइल छैन । विराटनगरमा मात्रै होइन, प्राधिकरणको महाप्रबन्धकको कार्यालयमा समेत अहिलेसम्म उक्त फाइल पुगेको छैन । इलाम वितरण केन्द्रले भदौ ९, २०७४ मै चलानी नम्बर ९७ बाट फाइल पठाइएको जनाए पनि उक्त फाइल कहाँ गयो, कता हरायो भन्ने अहिलेसम्म अत्तोपत्तो छैन ।
सन्दकपुर दैनिकले फाइलको विषयमा जानकारी माग्दा इलाम वितरण केन्द्रका प्रमुख रविनबाबु घिमिरेले फाइल कहाँ गयो भन्ने जानकारी नै नभएको बताए । उनले भने, ‘फाइल हरायो, विराटनगरमा र काठमाण्डौमा खोज्दा कतै फाइल छैन । त्यसैले हामीले पुनः फाइलमा रहेका कागजातको कार्यालयप्रति पठाएका छौँ ।’ उनको भनाई अनुसार प्राधिकरणले पहिले पठाएकै मिति र चलानी नम्बरअनुसार अहिले कार्यालय प्रति अर्थात् फोटोकपी प्रति फाइल तयार गरेर विराटनगर पठाएको छ । अब विराटनगरबाट कहिले काठमाण्डौ पुगेर फाइलबारे कारबाही हुने हो भन्ने विषयमा प्रमुख घिमिरे नै अनभिज्ञ छन् ।
घिमिरेले भने, ‘अब केही दिनमा म विराटनगर जान्छु, त्यसपछि त्यो फाइल माथि पठाउन पहल गर्छु र थाहा हुन्छ काम कहाँ पुग्यो भन्ने ।’
 उनका अनुसार अभैm कति समयमा पीडितले क्षिितपूर्ति पाउँलान् भन्ने टुङ्गो छैन, त्यतिमात्र होइन क्षतिपूर्ति नै पाउलान् अथवा हेरेको हेरै होलान् भन्ने पनि दुबिधा छ ।
नेपाल विद्युत प्राधिकरणको विद्युत दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ का अनुसार पीडित परिवारले तत्काल काजकिरिया खर्च र अन्य क्षतिपूर्तिवापत पाँच लाख रुपैयाँ पाउने ब्यवस्था छ । सोही विनियमावलीले ब्यवस्था गरे अनुसार पीडित पक्षले क्षतिपूर्तिको माग दाबी गरेको, प्राधिकरणको इलाम वितरण केन्द्रले घटना जानकारी 
गराएको र प्राधिकरणले तोकेको जाँचबुझ कमिटीले प्रतिवेदन दिइसकेको भएपनि 
घटनाको वर्षदिन नाघिसक्दा पीडितले केही पाउन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस