• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:12:55

नेपालटारको आइएमई फोड्ने दार्जिलिङको चोर पुवाखोलाबाट पक्राउ

सन्दकपुर संवाददाता 
नेपालटार, २० भदौ :
इलाम नगरपालिका वडा नम्बर १ को नेपालटारमा दुई दिनअघि सोमबार राती चोरी गरेर फरार भएका एक ब्यक्तिलाई आज बुधबार बिहान इलाम नपा ४ को पुवाखोलाबाट प्रहरीले पक्राउ गरेको छ । पुख्र्यौली घर दार्जिलिङ भएको र अहिले काठमाण्डौमा बस्ने गरेको बताउने वास्तविक थर ठेगाना थाहा भइनसकेका अन्दाजी ३५ वर्षीय श्याम थापामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
थापाले नेपालटारमा नैनसिंह कटुवालको घरमा भाडा लिएर सुरेन्द्र राईले चलाएको आईएमी, जुत्ता पसल र गिफ्ट आईटमको पसल तोडफोड गरि चोरी गरेको आरोप छ । सोमबार राती राईको पसलबाट तीन लाख ४० हजार रुपैयाँ हराएको थियो । त्यस्तै सोही दिन नेपालटारकै निशा कार्कीको पसलमा पनि चोरी भएको थियो ।
थापामगरलाई अहिले देऊमाई नगरपालिकास्थित मङ्गलबारेमा रहेका प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि राखिएको त्यहाँ सञ्चारमा कार्यरत प्रहरी जवान गणेश खवासले सन्दकपुर अनलाइनलाई जानकारी दिएका छन् । आइतबार राती मङ्गलबारे बजारमा पनि आधा दर्जन पसल तोडफोड भएको थियो । 
त्यहाँस्थित देउमाई भेराइटिजका प्रोप्राइटर झरेन्द्र बरालका अनुसार राती सात वटा जति पसलका ताला फोडिएको थियो । केही पसलबाट नगद चोरी भएको थियो । आप्mनो पसलमा ताला फोडेर ढोका खुल्लै भएको पाइए पनि नगद नछाडिएकाले नगद चोरी नभएको र अन्य सामान पनि चोरी नभएको झरेन्द्रले बताए । मङ्गलबारेको चोरी काण्डमा संलग्न ब्यक्ति अहिलेसम्म पत्ता नलागेको पनि जवान खवासको भनाई थियो ।
मङ्गलबारे बजारमा पसलहरू तेडफोड भएको तीन दिन अगाडि इलाम बजारका केही पसलमा पनि तोडफोड र चोरी भएको थियो ।

प्रतिकृया दिनुहोस