• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:34:12

सम्पादकीय : अत्यावश्यक सेवामा लापरबाही नहोस्

सन्दकपुर संवाददाता (२०७५।०५।२०)
खानेपानी, विद्युत, प्राथमिक उपचार, एम्बुलेन्स, दमकल जस्ता कुरा अत्यावश्यक हुन् । यी कुरा आवश्यक पर्नेबित्तिकै उपलब्ध नभए जस्तोसुकै भएपनि क्षति हुन्छ । कुनै क्षति सामान्य नै हुने भएपनि कुनै क्षति विभत्स हुनसक्छ । त्यसैले यस्ता कुरामा अलिकति पनि हेलचेत्र्mयाइँ, लापरबाही भएमा त्यसको जिम्मेवारी सम्बन्धित सरोकारवालाले लिनुपर्छ । जिम्मेवारी शब्दमा, भावमा वा देखावटी मात्र भएर पुग्दैन । क्षतिको पुर्ति र लापरबाहीको भागको पनि जिम्मेवारी नलिएसम्म त्यस्तो क्षतिको पुर्ति हुन सक्दैन ।
सामान्यतया हाम्रो मुलुकमा सरकारी निकायबाट नै यस्ता सेवाहरुको बन्दोबस्त गरिएको हुन्छ । इलामको हकमा एम्बुलेन्सबाहेक सबै अत्यावश्यक सेवा सरकारी निकायबाट मात्र उपलब्ध गराइँदै आएको छ । नागरिकलाई बस्ने, खाने, नागरिकको हैसियत दिलाउनेदेखि उनीहरुका अत्यावश्यक कुराहरु सशुल्क वा निःशुल्क सेवामार्पmत उपलब्ध गराउने जिम्मेवारी सरकारमा नै हुन्छ । त्यसैले सरकारी निकायले गरेको बन्दोबस्तको कमी कमजोरी भएको खण्डमा सरकारले नै त्यसको जिम्मेवारी पनि लिनु पर्छ ।
अहिले मुलुक संघीय संरचनामा रहेको हुँदा स्थानीय तहबाट पनि ती अत्यावश्यक सेवाहरु प्रदान गरिँदै आएको छ । कतिपय स्थानीय तहमा त्यस्ता सेवाहरु सहज रुपमा उपलब्ध गराइएको छ भने कतिपय स्थानीय तहमा सेवाका नाममा झारो टार्ने काम मात्र पनि हुने गरेका छन् ।
इलाममा सदरमुकामकै कुरा गर्दा इलाम नगरपालिकाले खानेपानी र बारुण यन्त्रको सेवा दिने गरेको छ । यी दुई विषयका अत्यावश्यक सेवा दिँदै आएको इलाम नगरपालिकाले कतिपय अवस्थामा नगरबासीलाई पीडित बनाउने गरेका गुनासाहरु पनि आइरहेका छन् ।
हालैको सन्दर्भलाई हेर्ने हो भने पनि इलाम नगरपालिकाको नयाँ दमकल आगलागी भएको ठाउँमा आगो निभाउन जान नै सकेन । खरिद गरेको जम्माजम्मी पाँच वर्षमात्र भएको र इलाम नगरपालिकाभन्दा बाहिर (ताप्लेजुङ) एकपटक मात्र पुगेको यो दमकलमा कुनै खराबी आयो भनेर सेवा दिन आलटाल गर्नु नगरपालिकाको गैरजिम्मेवारीपन हो । यो दमकल खरिद गरेर ल्याएपछि ताप्लेजुङमा आगो लाग्दा एकपटक त्यहाँ पुग्यो । त्यसबाहेक इलाम नगरपालिकाभित्र पनि कालोपत्रे भएको बाटोमा मात्रै यो दमकल पुगेको छ, आगो निभाउन ।
झण्डै करोड रुपैयाँ खर्चिएर खरिद गरिएको दमकल यतिछिटो बिग्रियो भनेर आगलागी भएको ठाउँमा नपु¥याइनु लापरबाही पनि हो । यो भन्दा अगाडि नगरपालिकामा भएको दमकलले पनि इलाम बजारमा आगलागी हुँदा निभाउने काम गरेन । त्यसैले दमकल बिग्रिएको बाहना बनाएर इलाम बजारको शहिद स्तम्भ नै भत्काइयो । त्यसको जिम्मेवारी न भत्काउनेले लिए, न नगरपालिकाले लियो । 
पछिल्लोपटक दमकल राँके नपुगेको जिम्मेवारी लिन पनि कोही तयार हुनेवाला देखिएको छैन । त्यो दमकल बाटोबाटै फर्काइनुमा कसको जिम्मेवारी हो ? नगरपालिकाले जनतासँग जिम्मेबारी लिएर माफी माग्नु पर्ने हुन्छ । अनि नगरपालिकाभित्र कुन कारणले त्यो दमकलमा खराबी देखियो ? त्यसको जिम्मेवार कुन फाँट, को कर्मचारी हो भन्ने पत्ता लगाएर आन्तरिक कारबाही गरि सार्वजनिक गर्नुपर्छ । होइन भने दमकल सञ्चालनका लागि मात्रै तीनजना कर्मचारी राखेको, दमकलको कारोबारको श्रेस्ता राख्ने फाँटमा अलग्गै कर्मचारी भएको, दमकल चलाउन निर्देशन दिने माथिल्लो कर्मचारी भएको र अहिले त जननिर्वाचित सरकार भएको अवस्थामा पनि एउटा आगो निभाउन दमकल पठाउन नसक्ने नगरपालिकाले गर्नै नहुने लापरबाही गरेको भनेर बुभ्mन नागरिकलाई दोष लाग्दैन ।

प्रतिकृया दिनुहोस