• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:27:50

इलाममा मौरीपालक महासंघको जिल्ला तदर्थ समिति

सन्दकपुर संवाददाता
इलाम, १७ भदौ :
इलामका मौरी पालक कृषकहरुको एक भेलाले नेपाल मौरीपालक कृषक महासंघको जिल्ला तदर्थ समिति गठन गरेका छन् । गोदकमा सम्पन्न उक्त भेलाले लक्ष्मी दहालको अध्यक्षतामा रोहित कुँवर उपाध्यक्ष, ठाकुर खतिवडा सचिव र निषा अधिकारी कोषाध्यक्ष रहेको समिति गठन गरेको हो । समितिका सदस्यहरुमा निरबहादुर सुबेदी, भाष्कर भारद्वाज, हुतराज पोख्रेल, पूर्णिमा सुब्बा, केबी सुब्बा, गोविन्द दहाल, सीताराम रेग्मी, मुकेश थापा, रणबहादुर गुरुङ र टीका खतिवडा रहेका छन् । महासंघको प्रदेश सदस्य लेखनाथ दहालको अध्यक्षता र प्रदेश संयोजक बुद्धिनाथ तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको भेलामा तिम्सिनाले मौरीपालनको उत्पादनदेखि बजारीकरणसम्मको खोजीका लागि कृषकलाई सङ्गठित गरिएको बताए । उनका अनुसार हालसम्म ३२ जिल्लामा महासंघको शाखा बिस्तार भइसकेको छ ।

प्रतिकृया दिनुहोस