• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:29:34

पर्यटनको अवस्थाबारे छलफल

मन्त्रीसँग तस्विर खिचाउँदै टोली ।

सन्दकपुर संवाददाता
इलाम, १७ भदौ :
जिल्लाको पर्यटन गतिविधि बारेमा स्थानीय इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले प्रदेश नम्बर एकका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका मंत्री जगदीश प्रसाद कुसीयैतलाई जानकारी गराएको छ । पर्यटनका लागि प्रवद्र्धनात्मक कार्यक्रममा पनि पहल गर्न प्रतिनीधि मण्डलले मन्त्रालयमा ध्यानाकर्षण गराएको समितिका अध्यक्ष विजय राइले जानकारी गराए । छलफलका क्रममा प्रदेशका मन्त्री कुसीयैतले प्रदेशले शुरु वर्षमा हतारमा नै कार्यक्रम तर्जुमा गरेपनि कृषि पछाडि दोस्रो प्राथमिकतामा राखेर पर्यटन क्षेत्रलाई अगाडि बढाउने जानकारी दिए । उनले निकट भविश्यमै काँकरभिट्टा, नाम्चे र धनकुटामा पर्यटन कार्यालय पुनः स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिए । प्रदेश नम्बर १ मा पर्यटनको अथाह सम्भावना रहेकाले राजधानी केन्द्रित व्यवसायीलाई पूर्वमा आकर्षित पार्नेतर्फ ध्यान केन्द्रित भएको उनले बताए । टोलीमा प्रदेश नम्बर १ का विज्ञ समूहका सदस्य सोमनाथ अधिकारी, प्रदेश सांसदहरु राम राना र खिनु लोङ््वाले पर्यटनका लागि गन्तब्यमा पुग्ने सडक सुविधा छिट्टै पु¥याउन पहल गर्न आग्रह गरेका थिए । टोलीमा धर्म गौतम, समितिका महासचिव देवी पौडेल, पत्रकार विजयशेखर भट्टराई, दिव्या भट्टराई, कमला रिजाल, राजन प्रधान समेतको सहभागिता रहेको थियो । टोलीले प्रदेश १ का सम्भावनाका क्षेत्र र गतिविधिका बारेमा प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई समेत जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस