• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:45:40

पुर्व पश्चिम राजमार्गमा जे देखियो

दिनको १२ बजे देखिनै हिंडनको हतारो थियो यात्रा त्यतीधेरै लामो नभए पनि करिव एक रातको गाडिको यात्रा थियो इलाम बाट विर्तामोड सम्मको यात्रा सहज थियो सहज तरीकाले यात्रा गरियो त्यस पछाडीको यात्रा रात्री बसको यात्रा शुरु भयोे बेलुकाको ७ बजे बिर्तामोडको पश्चिम स्टेनबाट वस चडियो वसमा ए साईडको एक र दुई नं.को सिटको यात्रा सहज त थियो तर त्यो यात्रा जब इटहरीमा आई पुग्यो तब अलपत्र पर्यो यत्रामा एका एक अवरोध आयो । मलाई जिज्ञासा जाग्यो किन गाडी रोकीयो वसबाट बाहिर निस्के अनि सोधवुझ गर्न थाले गाडीको स्टाफले भने अब, यहाँबाट ११ बजेमात्र गाडी जान्छ । कारण थियो मदेश आन्दोलन । नेपालमा भएका लगभग सम्पुर्ण  जनतालाई दशैँ लागेको छ । सवै जाना यात्रामा छन । यस्तो बेला पनि मदेशको अन्दोलन रोकिएको छैन मदेशका जनतलाई संविधानले संवोधन गरेन भनेर आन्दोलनमा उत्रेका छन । एक पटक सोचौँ त के मदेशका जनतालाई संविधानले साँचै संवोधन गरेको छैन त ? मेरो विचारमा त नेपालको संविधानले सवै नेपालीलाई संवोधन गरेको छ । एक पटक आन्दोलनकारीले नेपालको संविधान राम्रो सँग पढन जरुरी छ किन कि उनिहरु यदि आफ्नो देशलाई मायाँ गर्दछन भने हाम्रो देशको संविधनलाई पनि स्विकार गर्दछन । संविधालाई समय सापेक्ष संसोधन गर्न सकिन्छ यो कुरा पनि आन्दोलनकारीले वुझ्न जरुरी छ । यो त भयो संविधाको कुरो संविधालाई नै इसु वनाएर आन्दोलन गरेको हो भने अव कुरा गरौँ आन्दोलनको कुरा जव म वसमा थिए समयको पर्खाईमा वस्दा वस्दा इटहरीमा नै ११ पनि बजिसकेको थियो । गाडि पनि अगाडि बढन लागेको थियो पुर्बबाट पश्चिम तीर जाने सवै गाडी लाईन लागेका थिए यसै वीच नेपाल प्रहरीहरुको गडीहरुको वीचमा रहेर सयौँ गाडीहरु अगाडी वढन थाले  गाडी इटहरी बाट क्रमशः अफ्नो गन्तव्य तीर लागो म पनि अफ्नो सीटमा बसेर यात्रा तय गर्न थाले गाडी केहि अगाडिके बढेको मात्र थियो गाडीको सहचालकले सवै यत्रुको ध्ययन खिच्दै भने सवै जनाले झ्यालको शिसा वन्द गनु पर्दा राम्रो सँग लाउनु, यो कुराले मलाई कता कता डर पनि लागि रहेको थियो आखिर किन यस्तो केही समयमा थहा भयो कि यो त आन्दोलनकारीले हानेको ढुंगाले लाग्छ भनेर रहेछ । 

एउटा नेपालीले अर्को नेपालीलई यत्रामा रहेको बेलामा यस्तो व्यावहार गर्नु यो कस्तो आन्दोलन हो यो आन्दोलन कस्कालागि गरिएको हो । नेपालीका लागि कि कोही अरुको लागि गरिएको हो । एक नेपालीले अर्को नेपालीको अधिकारको हन्न गरेर अफ्नो अधिकार खोजी रहेको छ उस्को कर्तव्य के हो कुनै दिन सोचेको छ नेपालले मलाई के दियो होइन नेपाललाई मैले के दिए भनेर कसैले आज सम्म सोचेको छ ? छैन कदापी पनि छै सवैलाई अफ्नो चिन्ता छ यहाँ देशको चिन्ता कसैलाई पनि छैन । 

पुर्ब पश्चिम राजमार्गमा कुद्ने कती गाडीका शिसा फुटेका छन कति यात्रु घाइते भएका छन एक नेपालीले अक्रो नेपालीलाई आक्रमण गरेकोछ के यहीहो त हाम्रो संस्कृती अफुमीलेर वस्न सकेका छैनौँ हामी यस्तोमा छिमेकीले फाईदा उठाई रहेका छ । भारतले हामीलाई दवाएर राख्न खोज्दै छ यो भारत गर्नुको मुख्य कारण पनि हामी मिलेर वस्न नसक्नु हो । हामी नेपाली हौँ किन हामी एक आपसमा तँ मदेसी तँ पहाडी तँ हिमाली भनेर भौगोलीक आधामा विभाजन गरेर एक आपसमा झगडा गरिरहेका छै यस्तो जरजर अवस्था किन हामी आँफै निम्तियाई रहेका छौँ । अर्को कुरा एकाईसौँ सताव्दीमा आईपुगेका हामी आज आएर जातका कुरा गछौँ जातियआधारमा राज्यका कुरा गछौँ आखीर हामी सवै नेपाली हौँ भने किन बीचमा जतिय कुरा ल्याउनु त्यसैले हामी सवै नेपाली हौँ हाम्रो नेपाल हो भन्ने भावनाको विकास गर्नु जरुरी छ देशमा अमनचैन कायम गर्नको लागि हाम्रो सोचमा परिर्वतन हुन जरुरी छ । हाम्रो देश नेपाल हो र हामी सवै नेपाली हौँ भन्ने भावनाको विकास हुनन जरुरी छ । नेतहरु सत्ताको खेल भन्दा माथि उठेर देशको वारेका सोच्न जरुरी छ । देशमा संकटको वेलामा सवै नेतालई मन्त्रीहुन हतारो हुन्छ यहाँ अनि कहाँ वाट देशका जनताले सुख शान्ति पउँछन । सवैले म र मेरो छोडेर हामी र हाम्रो भन्न जरुरी छ अनि मात्र देशको समस्या सामधान भएर देशको विकास हुन्छ । त्यसैले आजैबाट अफ्नो लागि हैन देशको लागि सोचौँ अफ्ने अधिकार माग्दा अरुको अधिकारको हन्न नगरौँ ।

प्रतिकृया दिनुहोस