• मंगलबार ६-९-२०७५/Tuesday 09-25-2018
  • 05:42:14

एसिया कप छनोटमा नेपालको पहिलो जित

 

काठमाण्डौं १६ भदौ,  एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।

नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
मलेसियाको सुरुवात राम्रै थियो । तर, अन्तिम समयमा नेपालका बलर हावी भए । २६।२ ओभरमासन्दीप लामिछानेले मोहम्मद रम्लीलाई १६ रनमा आउट गराए भने चौथो बलमा अर्को विकेट लिए । २८ ओभर लिएर आएका सोमपाल कामीले मलेसियाका मोहम्मद अन्वार रहमानलाई शुन्य रनमा बोल्ड आउट गराए । २९ औं ओभरको अन्तिम बलमा बसन्त रेग्मीले विकेट लिए ।
अन्तिम ओभरमा मलेसियालाई २५ रन आवश्यक थियो तर, सोमपालले ५ रन मात्र दिए ।
मलेसियाका लागि अजिज मुबारक र अन्वार अरुदिनले समान ३४(३४ रन बनाए भने अहमेद फैजले २२ भिरनदिप सिंहले २१ र शाफिक शारिफले ९ रन बनाए ।
नेपालका लागि बसन्त रेग्मीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले समान २(२ विकेट लिए ।
दीपेन्द्र र आरिफको अर्धशतक
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए ।
ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए । सोमपाल कामी पहिलो बलमै आउट भए ।
तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने ।

प्रतिकृया दिनुहोस