• सोमबार ९-२-२०७५/Monday 12-17-2018
  • 04:09:30

कालिम्पोङको प्रथम इण्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन इलामबाट २२ सदस्यीय नपाली टोली जाँदै

सन्दकपुर संवाददाता
इलाम, १५ भदौ :
भारत दार्जिलिङको कालिम्पोङमा आइतबारदेखि इण्डो–नेपाल कराते प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा नेपालबाट पनि खेलाडी टोलीले सहभागिता जनाउने भएको छ । 
ती मध्ये एक नेपाली टोलीमा सबै इलामका खेलाडी रहने जनाइएको छ । प्रतियोगितामा साहभागी हुने नेपाली खेलाडीहरुमा इलामका रञ्जिता लेप्चा, समिक्षा लेप्चा, सफलता प्रधान, प्रिया बस्नेत, सुस्मा राई, रोस्ना लेप्चा, विमोचना गुरुङ र कजुना राई छन् । त्यस्तै गरेर सौगात राई, दिनेश मगर, सबिन मगर, दिशान्त राई, सोनाम राई, प्रणु सैजु, हिमाल भण्डारी, अनमोल राई, दिवाकर प्रधान, सेमिङ राई र क्षितिज राई पनि प्रतियोगितामा सहभागी हुन कालिम्पोङ जाँदैछन् ।
खेलाडीलाई लिएर जाने अफिसियल टीममा प्रदिप प्रधान, प्रबिन सुब्बा र विशाल चाम्लिङ पनि रहेका छन् । खेलाडीको टोली भोली आइतबार नेपालबाट सिक्किमतर्पm जाने भएको छ । उनीहरु प्रतियोगितामा विभिन्न तौल र उमेर समूहमा सहभागिता जनाउने छन् ।

प्रतिकृया दिनुहोस