• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018
  • 11:05:50

संगीतले जोड्दै नेपाल–पाकिस्तान

शुक्रबार साँझ ६ बजेको थियो । होटल हायातको भब्य हलमा केहि बिशिष्ट पाहुनाहरुको आवतजावत देखिन्थ्यो । भव्य आयातकार हलको बाँयापट्टि सबैले सहजै देख्न सकिनेगरी प्रोजेक्टर स्क्रिन राखिएको थियो । स्क्रिनमा प्रोजेक्टरले पाकिस्तान र नेपालको दौत्य संँबन्ध झल्कने दृश्यहरु प्रशारण गरिरहको थियो । उक्त दिन पकिस्तानी दुतावासले आयोजना गरेको एउटा भब्य समारोह को दृष्य हो यो । शुक्रबार पाकिस्तानले आफ्नोे ७८ औं राष्ट्रिय दिवस मनायो । थुप्रै विशिष्ट ब्यत्तित्वहरु आफ्नो राष्ट्रिय पहिचान झल्कने पोशाकमा देखिए । सबै जना आफ्नो आफ्नो राष्ट्रको कुटनैतिक तथा अन्य संम्बन्धको बिस्तारमा ब्यस्त देखिन्थे त्यहाँ ।


झकिझकाउ स्टेज । निकै भब्य सजावट । तर पनि सामान्य औपचारिक कार्यक्रममात्र भएको देख्दा फरक अनुभुति जो कोहिलाई पनि लागेको नै थियो । औपचारिक कार्यक्रमका नाममा नेपालका उपराष्ट्रपति र पाकिस्तानी दुताबासका राजदुतले केक काटे । अन्य औपचारिक भाषण लगायतका कार्यक्रम भने  भएनन् । यत्रोठुलो कार्यक्रममा यो बिल्कुलै फरक अनुभुतिजन्य कार्यक्रम थियो । कार्यक्रमको औपचारिक सत्र सकिएपछि पाहुनाहरुलाई डिनरका निम्ती आमन्त्रण गरियो । लगभग आधा घण्टाको प्रतिक्षापछि पाहुनाहरुलाई पुन सांगितिक कार्यक्रममा हलभित्र निमन्त्रणा गरे आयोजकले । 


सारा राजाले गरिन नेपाली भषामा स्वागत
दोस्रो सत्रमा पकिस्तानी राजदुतले छोटोमा सबैलाई स्वागत भने । त्यसपछि स्टेज पुर्णरुपले संगितमय बन्यो । एउटा राष्ट्रले आयोजना गरेको कार्यक्रम अब औपचारिकबाट निकै भव्य संगितमय कार्यक्रममा परिणत भयो । सोचेको भन्दा निकै फरक शैलीमा मुस्कुराउँदै स्टेजमा उक्लिईन् । त्यो अनुहार धेरैका निम्ती जानेमाने अनुहार थियो । गड्गडाहट तालिहरुले उनको स्टेजउक्लाई लाई उचाई थपिदियो । ‘कस्तो हुनुहुन्छ ?’ सोधिन्, सबै छक्क परे । सबैको कौतुहलताको दृष्टिले ध्यानकेन्द्रित भयो । कारण उनको लवज आम नेपाली लवजमा अभ्यस्त थिएन् । अर्थात उनि त्यो शब्द जीवनमा पहिलो पटक बोलिरहेकि थिईन् स्पष्ट थियो ।


‘पाकिस्तान जिन्दाबाद, पाकिस्तान नेपाल फ्रोण्डसिप जिन्दाबाद ।’ स्टेजबाट बोलिन उनि, अर्थात चर्चित पाकिस्तानी गायिका सारा राजा खान् । निकै ठुलो मात्रामा दर्शक दिर्घाबाट तालि प्राप्त गरिन उनले । स्टेजमा उनले आफ्नो पहिलो प्रस्तुति सुफि बाट सुरुगरिन् । सुफि संगितको निम्ती पाकिस्तानी भुमि संसारमा निकै चर्चित नै छ । उनले आफ्नाे गायन बाट दर्शकहरुलाई पाकिस्तानी संगिततर्फ केन्द्रित गराईन । 


तु कुजा मन कुजा,
तु कुजा मन कुजा 

निकै गज्जबको प्रस्तुतिले दर्शकहरलाई स्तब्ध पारिन उनले । कठिा मानिएको सुफि संगितमा आफै लठ्ठ देखिन्थीन उनि । आफु संगसंगै सबैलाई त्यस्तै भाबमा पुर्याईन उनले । त्यसपछि स्टेजमा बज्यो एउटा सरल गित जिबे जिबे जिबे पाकिस्तान । निकै जोसिलो बन्यो समारोह ।  आफ्ना नेपाली फ्यानहरुलाई सम्वोधन गर्दै उनले संम्झाईन पुराना गायक गुलाम अलि खान लाई । जो नेपाली हरका निम्ती जानेमाने प्रिय स्वर थिए र छन । 


गाजलु ति ठुला ठुला आँखा 
तिर बनि बस्यो यो दिलैमा 

गुलाम अलिले गाएको यो गित गाउने महिला स्वर, तर नेपाली लवज केहि अप्ठेरो मानेर गाईरहेकी छिन, सारा राजा खान । उनै सारा राजा खान जो चर्चित भारतिय रियालिटि शो सारेगामापा मा देखीएकी केही गोलो गोलो अनुहार भएकी पाकिस्तानि गायीका । सन २००९ मा उनको स्वरको जादुले भारतिय च्यानल जि. टिभिको कार्यक्रम सारेगामापा मा आफुलाई अन्य प्रतिस्पर्धि भन्दा अब्बल साबित गरेको थियो ।


पाकिस्तान २३ मार्चमा आफ्नो राष्ट्रिय दिवस मनाउँछ छ । राष्ट्रिय दिवसको साँस्कृतिक कार्यक्रमको यसपटकको प्रमुख आर्कषण थिइन् तिनै आम नेपाली सुन्दरी झंै देखिने सारा राजा खान । यस्तो किसिमको कार्यक्रम, जहाँ पकिस्तानी गायक प्रस्तुती दिन्छन र चासो नेपाली दर्शक श्रोताहरुलाई होस् । पहिला नेपालमा गुलामअलि को उपस्थितीले यस्तो रुप धारण गथ्र्यो । अर्थात गुलामअलि नेपालका निम्ती जानेमाने नाम थिए । सायद पकिस्तानि दुताबास त्यो साँस्कृतिक सामिप्यता पुःन कायम गर्न चाहान्छ । त्यसका निम्ती उपयुक्त पात्र सारा लाई भेट्टाएको हुन पर्छ ।


सारा राजासंग हामी
बिहिबार  नेपाल आएकी यी स्वर सुन्दरी देखिएकी थिईन काठमाडौंको क्षेत्रपाटिस्थित होटल रोयल पेनगुइन्मा । यीनको आगमन संग केहि प्रश्नहरु थिए । केही चासोहरु थिए । केहि आम प्रश्न हुनु स्वभाबिक नै हो । केही आम प्रश्नहरु भने पक्कै पनि थिए । खास गरेर भर्खरै पाकिस्तानी प्रधानमन्त्री को नेपाल भ्रमणले नेपाल र पाकिस्तान बिचको राजनैतीक निकटता देखाएकै छ । साँस्कृतिक रुपले सांगीतिक कार्यक्रमको यस आयोजनाले के अर्थ राख्दछ त ? यो प्रश्न आम नै छ । साराले भनेकी थिईन, ‘नेपाल र पाकिस्तान बिचको संम्बन्धलाई अझ राम्रो बनाउने संदेश दिने कोसिस हुनेछ ।’ 


दक्षिण एसियाका अधिकांश देशहरुको आम चासोको बिषय बनेको छ भारत । भारतिय बजारमा हिट हुनुलाई कलाकारहरु आफ्नो मुख्य लक्ष्य बनाइरहेका छन । यस सन्दर्भमा पाकिस्तान पनि खासै अछुतो भने छैन । यिनै पाकिस्तानी कलासुन्दरी पनि भारतिय बजारमा आफुलाई अब्बल सावित गर्न उच्च साहसका साथ भारत यात्रा गरेकी थिईन । ‘भारतिय संगितकर्मी र पकिस्तानी संगितकर्मी हरुको बिचमा धेरै पहिलादेखीको सम्बन्ध छ र म पनि त्यसैको निरन्तरतामा भारत गएकी हुँ’ प्रश्नको जवाफमा उनले भनेकी थिईन् । हुनत उनका उत्तरहरु अन्य यस्तै किसिमका संगितकर्मीहरुले दिने झैं साझानै लाग्छन । केही सतर्क हाउभाउका साथ उत्तर दिनु चाँहि उनको केही खास आफ्नोपन रहेछ । 


‘म संगित सिक्न चाहान्थें म स्टार बन्छु भन्ने त लागेको थिएन’ । हिन्दी र अंग्रोजी मिश्रीत भाषामा उनले भनेकी थिईन् । त्यसमा भारतलाई सबैले केन्द्रमा राख्ने कारण अन्यपनि हुन सक्छन । उनि संगीतकर्मको महासिकाईको निम्ती भारत गएकी रहिछन् । अगाडी भनेकी थिइन् ‘धेरै अगाडीदेखी हाम्रो संगीतको लिगेसी कहिँ न कहिँ आएर त्यहाँ जोडिन्थ्यो त्यसैले म सिक्नकै निम्ती भारत गएकी हुँ ।’ सारेगामाप भन्दा अगाडी शास्त्रिय संगीतमा मात्र राम्रो दख्खल राख्ने उनि आफ्नो अनुभब सुनाउँदै भनेकी थिईन् ‘म त्यहाँ गएपछि हिपप्, चलचित्र संगित लगायत ¥याप पनि पनि गाएँ । मैले ति सबै सिकें ।’ धेरै जनसंख्या भएको मुलुकमा दर्शक श्रोताहरुको माझमा चर्चित बन्नु कलाकारहरुको सपना नहुने कुरै भएन । उनि पाकिस्तान भन्दा तुलनात्मक हिसाबले अत्याधिक जनसंख्या भएको मुलुक भारतामा पनि हिट भईन । उनि पछिल्लो समय एक स्थापित कलाकार बन्न सफल भईन । संगसंगै शास्त्रिय संगित मात्र गाउने सारा राजा खान भारत गएपछि आफुलाई भर्सटायल भएको अनुभब गर्दिरहिछन् । उनि सुनाएकी थिईन् ‘मलाई यो प्लेटफार्मले सारा दुनियाँका मेरा फ्यान हरुसंग परिचित गरायो ।’


‘रियालिटि शो’ ले बनाएको करियर
‘जब म सारेगामापामा थिएँ त्यहाँको प्रोड्युसर जो हुनुहुन्छ, उहाँ मेरो बुबा समान हुनुहुन्छ । उहाँको ईच्छा थियो कि, म त्यहाँ जाउँ र राम्रो गाउँ त्यसकरणले म त्यहाँ गएँ ।’

एउटा रियालिटि शो मा अब्बल साबित भईसकेका कलाकार अर्को शोमा कमै गएको पाईन्छ । अर्थात जब कुनै कलाकार एउटा ‘रियालिटि शो’ मा अब्बल साबित हुन्छन् उनिहरु बजारमा स्थापित भईनै हाल्छन् । उनि पनि भारतीय बजारमा स्थापित कलाकार भईसकेकीनै थिईन । तर उनको केहि गोलो अनुहार सन २०१३ मा कलर्स टिभिको रियालिटि शो ‘सुरक्षेत्र’ मा प्रतिस्पर्धिको रुपमा देखा पर्यो । ‘जब म सारेगामापामा थिएँ त्यहाँको प्रोड्युसर जो हुनुहुन्छ, उहाँ मेरो बुबा समान हुनुहुन्छ । उहाँको ईच्छा थियो कि, म त्यहाँ जाउँ र राम्रो गाउँ त्यसकरणले म त्यहाँ गएँ ।’ उनि सुरक्षेत्रमा सहभागिता जनाउँनुको कारणबारे स्पष्टिकरण दिएकी थिईन् । 


कार्यक्रमको संरचनाको आधारमा सुरक्षेत्र दुई देशका टिम बिचको स्वस्थ प्रतिस्पर्धा थियो । उनले पाकिस्तानी टिम बाट प्रतिस्पर्धा गरिन । अनुभब सुनाएकी थिईन् ‘यो दुईदेश बिचको प्रतिस्पर्धा थियो । जस्तो कि क्रिकेट म्याच ।’ जब बिदेशी भुमीमा आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ त्यहाँ पकैपनि निकै ठुलो जिम्मेवारी थपिन्छ नै । त्यहाँ उच्च मेहेनतका साथ आफ्नो मुलुकलाई अब्बल साबित गरेकी थिईन् । उनी अगाडि भनेकी थिईन् ‘म त्यस शोमा आफ्नो मातृभुमिको निम्ती गाईरहेको थिएँ त्यहाँ मेरो पर्फमेन्समा सिर्फ सारा मात्र थिएन, त्यहाँ पुरा पाकिस्तानको सवाल थियो । त्यसैले मैले आफुले जाने र बुझेजत्ति मन लगाएर गाएँ ।’


उनको सांगितिक मात्र होइन पारिवारिक भ्रमण पनि हो । नजिकै रहेका उनका भाई आफ्नो मोबाईलले भिडियो खिचिरहेका थिए । अर्थात नेपाली भुमीलाई अहिले उनलेमात्र होईन उनका परिवारले पनि टेकेका छन । 


‘सारेगामापा मेरो सिक्ने बिन्दु थियो तर सुरक्षेत्र मेरो निम्ती क्रिकेट म्याच थियो ।’ उनि यसो भन्दैगर्दा उनको छेवैमा बसिरहेकि उनकि आमा केहि भन्न खोज्दै मुस्कुराएकी थिईन् । यसो हेर्दा लाग्थ्यो यो उनको सांगितिक मात्र होइन पारिवारिक भ्रमण पनि हो । नजिकै रहेका उनका भाई आफ्नो मोबाईलले भिडियो खिचिरहेका थिए । अर्थात नेपाली भुमीलाई अहिले उनलेमात्र होईन उनका परिवारले पनि टेकेका छन । 


सानै उमेरमा निकै राम्रो सफलता हासिलगर्न पकैपनि परिवारको योगदान कहिँ न कहिँ हुनेगरेकै हुन्छ । तर साराको परिवारको साँगितिक दुनियाँसंग निकै परसम्म पनि संम्बन्ध नरहेको कुरा उनले सुनाएकी थिईन् । अलिकति लत्रेको आफुनो सल लाई थोरै आफुतिर तान्दै भनेकी थिईन् ‘म सांगितिक परिबारबाट आएकी होइन् । मेरी आमा २० बर्षदेखि शिक्षण पेशामा हुनुहुन्थ्यो, सारेगामापामा म आएपछि आमाको प्रोफेशन चेन्ज भयो त्यसपछि (केहि हाँस्दै) अहिले उहाँ मलाई मेनेज गर्नुहुन्छ  ।’


दक्षिण एसियाको संगितको कुरा गर्दा भारतिय रबिन्द्र संगितको हेजेमोनि बाट गुज्रिरहेको आभाष हुन्छ । खास गरेर पाकिस्तान र नेपाल यस मामलामा एउटै रोगको शिकार भएको संगित बिश्लेषकहरुको भनाई छ । जब कोही ब्यक्ति संगितलाई राम्ररी बुझ्ने कोसिस मात्र गर्दछन त त्यहाँ पुगिनै हाल्दछन । पाकिस्तान भित्र गाईने भुगोलको संगित किन हिट गायकहरु गाउँदैनन् यो चासोको बिषय त बन्नेनै भयो । ‘मैले मेरो देशको आफ्नो लोक गीतहरु पनि गाएको छु । तर भारतिय बजारमा गाएका गितहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु गाउँछु र मैले भारतीय बजारमा आएपछि पनि गाएको छु त्यस्ता गित हरु ।’ उनि केही सतर्क हुँदै भनेकी थिईन् । हुनत उनले सारेगामापामा गाएको रेशमाको गित लम्बी जुदाई पनि पाकिस्तानी संगितको जान्द्रा भित्रै पर्दछ । उनले गाएका सुफिलगायका सम्पुर्ण गानाहरु पनि पाकिस्तानी संगित नै हुन । पाकिस्तान र भारत पहिलादेखीनै एउटै भुगोल भित्र पर्दथ्यो । त्यसदौरानमा नै सबै संगितहरु दुबै तर्फ आफ्नै मानेर गाईन्छन । उनले भनेकी थिइन् । 


‘मैले सारेगामापा मा पाकिस्तानको सफ्ट इमेजलाई सकेसम्म देखाउने प्रयास गरेर आफ्नो तर्फबाट बैमनस्यता कम गर्ने कोशिस गरेको छु । यसरी आफ्नो आफ्नो क्षेत्रबाट प्रयास सबैले गर्नेहो भने यस किसिमको बैमनस्यता हामी हल गर्न सजिलै सक्छौं ।’


‘खासमा संगितको कुनै भाषा हुँदैन । सबै शान्तीप्रेमीहरु हौं हामी ।’ उनी आफ्नो आईप्याड तिर आँखा लम्काउँदै भनेकि थिईन् । सबै सँगितकारहरु शान्ती प्रेमीहरु हुन । उनको यो उत्तर सायदै सबैले दोहा¥याउने रेडिमेड उत्तर नै हो । तर निकै गम्भिर भएर उत्तर दिँदिरहिछन् उनि । ‘जब हामी मुगल एरा भित्र थियौं हामी सबै एउटै ठाउँभित्र थियौं । त्यसपछि हामी छुट्टियौं । मलाई के लाग्छ भने जब परिवार बढ्दै जान्छ त्यसपछि भाईहरुको बिबाह हुन्छ । त्यसपछि कोठाहरु छुट्याईन्छ । त्यस्तै भएको मात्रै हो तर हामी अन्तर्यमा एकै किसिमका हौ । किनकी आउने जाने ढोका त खुल्लै छ नि ।’ लगभग नरोकिईकन भनेकी थिईन उनले ।


पछिल्लो समय यी दुई देशहरु एक आपसमा बिभिन्न किसिमका बैमनस्यता चलिनै रहेका छन । कला क्षेत्रमा त्यस्को प्रतिछायाँ भारतीय सिनेमाहरुमा हामीले देखिनै रहेका हुन्छौं । यस संम्बन्धमा सारा राजा भनेकि थिईन् ‘मैले सारेगामापा मा पाकिस्तानको सफ्ट इमेजलाई सकेसम्म देखाउने प्रयास गरेर आफ्नो तर्फबाट बैमनस्यता कम गर्ने कोशिस गरेको छु । यसरी आफ्नो आफ्नो क्षेत्रबाट प्रयास सबैले गर्नेहो भने यस किसिमको बैमनस्यता हामी हल गर्न सजिलै सक्छौं ।’


‘संगित र संस्कृती सबैभन्दा शक्तिशाली हुन्छ । किनकी त्यहाँ प्रेम हुन्छ । यसैको माध्यमबाट हामी यस किसिमका समस्या सजिलै हल गर्न सक्छौं ।’ उनले निकै आत्मबिश्वासका साथ भनेकी थिईन् । नेपाल र नेपाली गित संगितमा पाकिस्तान र नेपालको निकट संम्बन्ध गुलामअलि पछि पहिलेको जस्तै गर्ने जिम्मेवारी आफुमा रहेको बताएकि थिईन् । सोही भाब भङ्गीमा उनले स्टेजमा गाईन 

 

रेशम फिरीरी
रेशम फिरीरी
उडेर जाउँकी डाँडामा भञ्याङ 
रेशम फिरीरी..........

निकै आकर्षक पारामा गाईन उनले यो गित । दर्शक दिर्घाले निकै उत्साहका साथ साराको हौसला बढाईरहेका थिए । निकै आत्मिय संम्बोधन गरिन र पुन नेपाली दर्शक श्रोताका निँती गाईन उनले सुपारी दाना ।

 

कुटुमा कुटु सुपारि दाना, कुटुमा कुटु,
केहि फरक लवजमा ...........

प्रतिकृया दिनुहोस