• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018
  • 02:59:38

इलाममा रोपाइजात्रा (फोटोफिचर)

सन्दकपुर संवाददाता (तस्विरहरुः रोहितचन्द्र भट्टराई)
इलाम, १४ भदौ
: इलाममा आज भदौ १४ गते बिहीबार २०७५ सालको रोपाइँजात्रा निकालिएको छ ।
नेपाल भाषा तथा संस्कृति समाजले रोपाइँजात्रा आयोजना गरेको हो ।


इलामका विभिन्न ठाउँमा हरेक वर्ष रोपाइँजात्रा निकालिने गरेको छ ।


हिजो बुधबार पश्चिमी इलामको देऊमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा र आज बिहीबार पूर्वी इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजार तथा सदरमुकाम इलाम बजारमा जात्रा निकालिएको हो ।


जात्रामा गोरुको प्रतिक बनाएर जोत्ने तथा दाँदे लगाउने कामको झलक दिइएको थियो भने बाउसे बनेर बाउसेको झलक पनि दिइएको थियो ।


त्यो देखि बाहेक जात्रामा बालबालिका तथा किशोरकिशोरीले रोपाहार बनेर अभिनयय गरेका थिए । त्यस्ता रोपाहार २५ जनाभन्दा बढी थिए । 
जात्रामा नाग पञ्चमीमा शुरु गरिएको लाखे जात्राका लाखेहरु पनि सहभागी भएका थिए । 
जात्रामा जीउमा कालो तथा पाहेलो रङ्ग दलेर मुङ्ग्रे बन्नेहरु पनि थिए ।
यी सबै आकृतिका कलाकारहरुले इलाम बजारको परिक्रमा गरेका थिए ।
नारायणस्थानबाट शुरु गरिएको रोपाइँजात्रा ठूलो चोकबजार र टूलोटुँडिखेलसम्म घुमाइएको थियो ।
जात्राकै अवसरमा आयोजक समाजले बजारमा सहयोग सङ्कलन गरेको थियो ।
यो सँगसँगै लाखे, मुङ्ग्रेलगायतका प्रतिकले सजिएका ब्यक्तिहरुले पनि बजारका पसल तथा ब्यक्तिहरुसँग हात थापेर दक्षिणा लिएका थिए ।
जात्रामा नौमति बाजा पनि समावेश गरिएको थियो ।
सो अवसरमा नेवार समुदायका बालबालिकादेखि बयस्कसम्म विभिन्न ब्यक्तिहरुले नेवारी भेषमा सजिएर जात्राको शोभा बढाएका थिए ।
 

प्रतिकृया दिनुहोस