• शनिबार ५-२-२०७५/Saturday 08-18-2018
  • 10:46:07

‘द भ्वाईस अफ नेपाल’ सुरु हुँदै

विश्वको नम्बर एक गायन रियालिलिटी शो ुद भ्वाईसुको नेपाली  फ्रेन्चाइज ुद भ्वाईस अफ नेपालु सुरु हुने भएको छ । आइतवार राजधानीको पाँच तारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त कुराको औपचारिक घोषणा गरिएको हो ।

 

असारबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । प्रलाद सिंह ठकुरी एमडी रहेको उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन् । सुशील नेपालले होस्ट गर्ने उक्त शोको निर्णायकको रुपमा बरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन् । 

 

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’घोषणा गरिनेछ।विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ । केहि शोहरु ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई अटाईएको छ ।
 

प्रतिकृया दिनुहोस